बुर्तिबाङ नयाँ सहर आयोजनाः पूर्वाधार निर्माण सुस्त, न बजेट प्रयाप्त र न जग्गा व्यवस्थापन


डम्मर बुढा मगर, बागलुङ
बागलुङको बुर्तिबाङ उदियमान नयाँ सहरको योजनामा सूचिकृत भएको ७ वर्ष पुरा भइसक्यो । तर, यस अवधिमा पूर्वाधार निर्माणको काम र प्रगति हेर्ने हो भने निराशाजनक देखिन्छ ।

योजना सुरु भएदेखि हालसम्म करोडौँ बजेट विनियोजन भए पनि अझै सम्म अत्यावश्यकीय पूर्वाधारहरु समेत निर्माण हुन सकेका छैनन् । पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट विनियोजन नहुँदा समस्या भएको स्थानीय बताउँछन् ।

बजारलाई पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षित र व्यवस्थित गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ सहर आयोजना बुर्तिबाङमा हालसम्म ३६ करोड ९ लाख २१ हजार १०४ रुपैयाँ खर्च भएको छ । उक्त रकम कार्यालय स्थापना, जग्गा खरिद, ढल व्यवस्थापन लगायतका काममा खर्च भएको नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङले जनाएको छ ।

बागलुङको बुर्तिबाङलाई मध्यपहाडी लोकमार्गका आसपासका १० सहरमध्ये एक नमुना सहरका रूपमा विकास गर्ने योजनाका साथ आर्थिक वर्ष २०७२÷०७३ देखि पूर्वाधार निर्माण कार्य भइरहेको छ । नयाँ सहरका रूपमा निर्दिष्ट क्षेत्रमा कालोपत्रे सडक निर्माण, व्यवस्थित विद्युतिकरण, खानेपानी, ढल निकासी लगायतको प्रबन्ध, उद्यान, खेल मैदान, मनोरञ्जन स्थल, हाट बजार लगायतको निर्माण कार्य व्यवस्थित हुनु पर्ने भनिए पनि अझैसम्म धेरै पूर्वाधार निर्माण हुन सकेको छैन । यस अतिरिक्त बसोबासलाई व्यवस्थित गर्ने, बसाइँ सरी तराईका जिल्ला तथा ठूला सहरहरुमा जानेहरुलाई रोक्न यस आयोजना सञ्चालन गरिएको थियो ।

नयाँ सहर निर्माणको सोच राम्रो भए पनि सोही अनुरुपको बजेट र काम नभए पछि आयोजनाका बारेमा स्थानीयको गुनासो र आक्रोश तीब्र देखिन्छ । २०७२÷०७३ मा बुर्तिबाङमा आयोजना कार्यालय स्थापना भए पश्चात १० किलोमिटर ७९६.९ मिटर सडक निर्माण तथा स्तरोन्नति गरिएको नयाँ सहर आयोजना बुर्तिबाङका निमित्त प्रमुख अभिषेक अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार, करिब एक किलोमिटर बजारको ढल व्यवस्थापन भएको छ । आयोजनाको कार्यालय कुत्थाप्लामा सञ्चालन गरिएको छ । तर बसपार्क, उद्यान पार्क लगायतका काम भने अझै हुने सकेन ।

आयोजनाले व्यवस्थित बसोबास निर्माण तथा पूर्वाधार निर्माणका लागि ५६ रोपनी भन्दा बढी जग्गा समेत खरिद गरेको प्र्रमुख अधिकारीले जानकारी दिनुभयो जानकारी दिनुभयो । उहाँले बसपार्क, खानेपानी, उद्यान पार्क, फोहोर व्यवस्थान, खेल मैदान, मनोरञ्जन स्थल, हाट बजारको अब व्यवस्थापन हुँदै जाने उहाँको भनाई छ । यी पूर्वाधारहरु जग्गा प्राप्त गर्न नसक्दा निर्माण हुन नसकेको आयोजना प्रमुख अधिकारी बताउनुहुन्छ । ‘यहाँ जग्गा प्राप्त गर्नै मुस्किल भएको छ, जग्गा पाउने भए आवश्यक पूर्वाधारहरु बन्दै जानेछन्, हामीले जग्गा प्राप्तिका लागि कोसिस गरिरहेका छौँ’ उहाँले भन्नुभयो । आयोजनाले एक हजार रोपनी जग्गा किन्ने लक्ष्य रहेको उहाँको भनाई छ ।

यसवर्ष १४ करोड बजेट विनियोजन भएको बताइएको छ । सिटी हल निर्माणका लागि टेण्डर भएको भएको भन्दै यसै वर्ष निर्माण पुरा हुने अपेक्षा रहेको अधिकारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *