विगतका सरकारले ल्याएका राम्रा योजनालाई प्राथमिकता दिइन्छ : मन्त्री थापा


आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेश सरकारका वन बातावरण तथा भू–संरक्षण मन्त्री दिपक थापाले गण्डकी प्रदेशमा यस अघिको सरकारले गरेका राम्रा योजनालाई प्राथमिकता दिएर अगाडी बढ्ने बताउनुभयो ।

प्रेस सेन्टर बागलुङले आज बागलुङ बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले अघिल्लो पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले ल्याएका बन, बातावरण तथा भू–संरक्षणका राम्रा योजनालाई अगाडी बढाउने, असफल भएका योजनाको समिक्षा गर्ने र केही नयाँ योजना लागु गर्ने बताउनुभयो ।

“अघिल्लो सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिन्छु असफल योजनालाई के कारणले असफल भएको भनेर कारण खोतल्छु र नयाँ योजना लागु गर्ने योजनामा छु” मन्त्री थापाले भन्नुभयो “अहिले नयाँ योजना लागु गर्नुपूर्व जनताको माग, भावनालाई स्थलगत रुपमानै समावेश गर्न जिल्ला भ्रमणमा निस्केको छु ।”

मन्त्री थापा तीन दिने बागलुङ जिल्लाको भ्रमणमा आउनुभएको थियो । थापाले बागलुङ जिल्लाको थामानेटा, गलकोट, ढोरपाटनक्षेत्र लगायतको स्थलगत अवलोकन तथा जनतासंग भेटघाट गर्नुभएको छ । मन्त्री थापाले स्थलगतरुपमा सबै जिल्लाको भ्रमण सकेपछि मात्रै योजना कार्यान्वयनमा लैजाने बताउनुभयो ।

उहाँले कृषि र धर्मलाई जोडेर पर्यटनको विकासका लागि अहिलेको गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको समेत जानकारी गराउनुभयो । उहाँले अघिल्लो सरकारले थालनी गरेको मुस्ताङमा कस्तुरी प्रजनन् केन्द्र अघि बढाउने समेत जानकारी दिनुभयो । पत्रकार सम्मेलनको प्रेस सेन्टर बागलुङका संयोजक थम्मन थापाको अध्यक्षता तथा पत्रकार सज्जन कुमार सिंह विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *