बागलुङमा १० बजेपछि देउसी भैलो खेल्न नपाइने

फाइल तस्बिर

आदर्श अनलाइन, बागलुङ
बागलुङमा राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय बागलुङले सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम कायमै रहेको हुँदा सुरक्षालाई मध्यनजर गरी राती १० बजेभन्दा पछि देउसी भैलो खेल्न नपाईएको जनाएको छ ।

संक्रमण अझै नियन्त्रणमा नभएको र चाडबाडमा स्वास्थ्य मापदण्डको पूर्ण पालन गर्नु पर्ने प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले बताउनुभयो । उहाँले तिहारको समयमा विद्युतीय उपकरणहरु बाली दिपावली मनाउँदा आगलागी हुने र करेन्ट लाग्न सक्ने यस्ता उपकरण प्रयोग गर्दा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

चाडपर्वको समयमा मादकपदार्थ सेवन गर्ने, सवारी साधनमा जथाभावी यात्रु राख्ने, लुटपाट, चोरी डकैती जस्ता घटना हुने भएकाले सजगता अपनाएर चाडपर्व मनाउन प्रशासनले आग्रह गरेको छ । तिहारमा पटका लगायतका बारुदजन्य पदार्थको प्रयोगले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भएकाले त्यसको प्रयोग नगर्न प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले आग्रह गनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *