धौलागिरी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

आदर्श अनलाइन,बागलुङ

धौलागिरी अस्पताल बागलुङमा उपचाररत एक कोभिड–१९ संक्रमित बिरामीको मृत्यु भएको छ ।

धौलागिरी अस्पतालका अनुसार बागलुङ नगरपालिका–४ का ८३ वर्षीय पुरुषको बुधवार विहान मृत्यु भएको हो ।

उनलाई यही कात्तिक १२ गते धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार गरिएको थियो । उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *