दोहोरी प्रतिष्ठानको अध्यक्षमा बागलुङका चर्चित गायक खत्रीको उम्मेदवारी

आदर्श अनलाइन,बागलुङ

लोक दोहोरी प्रतिष्ठान नेपालको केन्द्रीय अध्यक्षमा बागलुङबाट चर्चित गायक बिष्णु खत्रीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

नेपाली लोक संगीतमा दुई दशकदेखि समर्पित खत्रीले सोमवार सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गर्नुभएको हो । लोक दोहोरी प्रतिष्ठानको केन्द्रीय महाधिवेशन यही मंसिर ६,७ र ८ गते पोखरामा हुँदैछ ।

प्रतिष्ठानका पूर्व महासचिव समेत रहेका खत्रीले देशभरबाट आउने प्रतिनिधिलाई लोक संगीतमा बर्षौदेखीको समर्पण, त्याग र निष्ठाको कदर गरेर नेतृत्वको अवसर प्रदान गर्न सार्वजनिक रुपमा अपिल समेत गर्नुभएको छ । गायक खत्रीको पुरानो जम्मु काश्मिरमा, सबै समान देखि भरिया दाई, खोई उनी कहाँ छन्, किसानी दाईको हलो र जुवा जस्ता जनवादी गीत समेत जनजनको मनमा लोकप्रिय बनेको छ ।

अहिले खत्री सहित बर्तमन बरिष्ठ उपाध्यक्ष रमेश बिजी अध्यक्षको उम्मेदवारको रुपमा हुनुहुन्छ । लोक दोहोरी वृत्तमा दुवै जना लोक दोहोरी प्रतिष्ठानका लागि अपरिहार्य पात्र भएकाले नेतृत्व सर्वसम्मत गराउन पनि दबाब बढेको छ । आगामी कार्यकालका लागि समेत नेतृत्वमा सहमति जुटाएर चुनावमा जान नहुने तर्क बलियो रुपमा उठेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *