१५ लाख नगदसहित १० जुवाडे पक्राउ

आदर्श अनलाइन, पोखरा
कास्की प्रहरीले १५ लाख नगदसहित ११ जुवाडे पक्राउ गरेको छ । जिल्लाको  माछापुच्छ्रे गाउँपालिका – २ स्थित ताताेपानी  इन हाेटलमा जुवातास खेलिरहेकाे अवस्थामा नगद १५ लाख २४ हजार ७० रुपैयाँ नगदसहित  ११ जना  पक्राउ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले जानकारी दिनुभयो  ।

साे होटलमा जुवा खेलिरहेकाे भन्ने सूचनाको आधारमा  कास्कीबाट खटिएको  प्रहरी टोलीले  नगद र ५२ पत्ती ताससहित कास्कीको पोखराका १० जना र स्याङ्गजाका एक जनालाई  नियन्त्रणमा लिएकाे डिएसपी  हमालले जनाउनुभयो ।

नियन्त्रणमा लिएकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा  र  सट्टा बाजी  मुद्दामा  सात दिन  म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *