प्रेस सेन्टर बागलुङद्धारा एकसाथ दुई पुरस्कार कोष स्थापना

आदर्श अनलाइन, बागलुङ
प्रेस सेन्टर बागलुङले एकसाथ दुई पुरस्कार कोष स्थापना गरेको छ । प्रेस सेन्टरको पाँचौ जिल्ला सम्मेलनका अवसरमा गलकोटका दुई युवाले आफ्ना दिवंगत माता पिताको सम्मान र सम्झनामा एक÷एक लाखको पत्रकारिता पुरस्कार कोष स्थापना गरेका हुन् ।

गलकोट नगरपालिका ७ मल्ममा जन्म भई हाल जापानमा कार्यरत नेकपा माओवादी केन्द्र निकट जनप्रगतिशील मञ्चका एशिया प्यासिफिक संयोजक तथा गलकोट समाज जापानका पूर्व अध्यक्ष हर्क थापाले आफ्ना दिवंगत पिता भक्तबहादुर थापा र माता जगकुमारी थापाको स्मृतिमा १ लाखको पुरस्कार कोष स्थापना गरेको प्रेस सेन्टर बागलुङका अध्यक्ष थमन थापा ‘सन्देश’ले बताउनुभयो ।

भत्तबहादुर साविक मल्म गाविस वडा नम्बर ७ का वडा पूर्व वडा सदस्य समेत बन्नुभएको थियो ।
यसैगरी, गलकोटको मल्ममै जन्मिनुभएका माओवादी केन्द्रका जिल्ला सदस्य तथा घुम्टे यूवा परिवार गलकोटका पूर्व उपाध्यक्ष विकास खड्का ‘सुन्दर’ले दिवंगत पिता श्यामबहादुर खड्का र माता चन्द्रकली खड्काको स्मृतिमा १ लाखको पत्रकारिता पुरस्कार कोष स्थापना गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो । स्वर्गीय श्यामबहादुर साविक मल्म गाविस वडा नम्बर ९ का पूर्व वडा अध्यक्ष समेत हुनुहुन्थ्यो ।

दुवै पुरस्कार कोषको ब्याजबाट प्राप्त हुने रकमबाट जिल्लामा निश्पक्ष,उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिता मार्फत सक्रिय पत्रकारलाई प्रत्येक वर्ष सम्मान गरिने अध्यक्ष थापाले बताउनुभयो । यसका लागि आवश्यक कार्यविधि तयार गरेर कोष र पुरस्कार बितरणलाई व्यवस्थित बनाइने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *