मुद्दाको वर्गिकरण: सहज बन्दै न्याय सम्पादन


आदर्श अनलाइन, बागलुङ

नेपालमा न्याय प्रकृया ढिलो, झन्झटिलो र खर्चिलो हुँने आम जनगुनासो छ, अहिले जनगुनासो सम्बोधन हुँनेगरी न्यायलयमा विस्तारै परिवर्तन आउन थालेको छ । न्याय सम्पदानलाई छिटो, सरल र कम खर्चिलो बनाउनका लागि अदालतहरुले रणनीतिक योजना बनाएर लागू गरिरहेको अवस्था छ ।
त्यसैले जनतालाई ढिलो न्याय दिएर अन्याय गर्ने कार्यको अन्त्य हुन थालेको छ । उच्च अदालत पोखरा बागलुङ इजलाशमा एक वर्षभन्दा पुराना मुद्दा ज्यादै न्यून छन् । अदालतमा एक वर्ष देखि १८ महिना सम्मका जम्मा ५३ मुद्दा फछ्यौट हुँन मात्रै बाँकी रहेको छन् । अघिल्ला वर्षको तथ्याङका हेर्ने हो भने लामो समयदेखि फछ्यौट हुन बाँकी रहेका मुद्दा बढी देखिदै आएका थिए ।
न्यायालयलाई प्रविधि मैत्री बनाउदै मुद्दाको बैज्ञानिक व्यवस्थापनका आधारमा टुङ्गो लगाउन थालिएको उच्च अदालत पोखरा बागलुङ इजलाशका मुख्य न्यायाधिस द्वारिकामान जोशीले जानकारी दिनुभयो । मुद्दाको प्रकृतिको आधारमा बर्गिकरण गर्दा न्याय सम्पादनमा छिटो छरितो हुँनेगरेको जोशीको भनाई छ । “न्यायालयहरु पुरानै अवस्थामा छन्, झन्झटिलो छ, पेशीको विषयमा जानकारी छैन, तारेक बुझ्ने सम्बन्धीत अदालतमै पुग्नुपर्ने जस्ता नागरिकको गुनासो थियो अहिले हामीले पुरै परिवर्तन गरी पायक पर्ने अदालतमा तारेक बुझ्न पाइने, मुद्दा दर्ता गर्दासाथ मुद्दाको टुङ्गो लाग्ने समय निर्धाणर हुँने, यउटा अदालतको मिसिल अर्को अदालतबाट हेर्न सकिने लगायतका काम गर्दै आएका छौं ।” न्यायाधिस जोसीले भन्नुभयो “मुख्य कुरा मुद्दा दर्ता हुँदाको दिननै न्याय सम्पादन हुँने समय निर्धाण कम्प्युटलेनै देखाउछ, मुद्दाको वैज्ञानिक व्यवस्थापनले न्यान प्रकृयालाई जनमुखी बनाएको छ ।” न्यायका लागि न्यायालय धाउदा धाउदै धेरै खर्च हुँने भन्दै पायक पर्ने स्थानको अदालतबाट समेत तारेक बुझ्न पाउने व्यवस्था रहेको छ ।

२०७२ सादलेखि नेपालका जुन सुकै अदालतबाट तारेक बुझ्न सकिने व्यवस्था रहेको छ । मुद्दाको पक्ष, विपक्ष, तथा सार्वजनिक महत्व, जनचासो र मुद्दाको प्रकृतिका आधारमा मुद्दालाई तीन भागमा विभाजन गरेर फैसला गर्ने गरेको उच्च अदालत पोखरा बागलुङ इजलाशका रजिष्ट्रार नेत्र प्रसाद भुषालले जानकारी दिनुभयो । भुषालका अनुसार सरल मार्गमा रहेका मुद्दा छ महिना भित्र, सामान्य मार्गमा रहेका मुद्दा एक वर्ष भित्र र विशेष मार्ग समूहमा रहेका मुद्दा अठार महिना भित्र फछ्यौट गर्ने गरिएको छ । यस्तै निवेदन तथा प्रतिवेदनहरु एक महिनाभित्र फछ्यौट हुने गरेको छ । “अदालतमा मुद्दा दर्ता कम्युटरको सफ्टवयरमा भरिन्छ, त्यसमा पक्ष विपक्ष लगायतका सम्पूर्ण विवरण भर्दासाथ उक्त सफ्टवयलरे मुद्दा सरल मार्ग हो की विशेष मार्ग हो छुट्टाउने मात्रै गर्दैन यति समय भित्र मुद्दा फछ्यौट हुन्छ भनेर नागरिक जो न्यायका लागि अदालत आएको हुन्छ उस्लाई समय तालिका प्रदान गर्न सकिन्छ, जस्कारण कतिसमय भित्र मैले न्याय पाउछु भन्ने समेत थाहा हुन्छ नागरिकलाई” भूषालले भन्नुभयो “यस अदालतमा दश मिनेटमा मुद्दा दर्ता र १५ मिनेटमा फैसलाको नक्कल प्रति दिने व्यवस्था गरिएको छ जस्कारण अदालत र नागरिकको दुरी नजिक भएको छ ।”

अब जनता न्याय नपाएर फर्कनु पर्ने अवस्था अदालतमा नरहेको बताउदै बागलुङ इजलाशले वैतनीक कानूनी सेवा लगायत वेबसाईट मार्फत न्यायिक सूचना प्रवाहको व्यवस्था समेत गरेकोे छ ।
अर्का न्यायाधीश श्रीकान्त पौडेलले मुद्दाको प्रकृति हेरेर फरक मुद्दा व्यवस्थापनको कामले जनताप्रति न्यायालयको भरोसा बढाउदै लगेको बताउनुभयो । “सर्वोच्च अदालतसहितका सबै अदालतको रणनीतिक योजना मार्फत मुद्दा संख्या घटाउदै लैजाने, २ वर्ष काटेका मुद्दा शुन्य पार्ने जस्ताकाम भइरहेको छ” पौडेलले भन्नुभयो “उहाँले सबै मुद्दा एउटै प्रकारका नहुँने भन्दै मुद्दाको प्रकृतिको आधारमा फैसला प्रदान गर्दा न्यायाप्रणली सहज बन्दै गएको छ ।”

अदालतका रजिष्ट्रार नेत्रप्रसाद भुषालका अनुसार चालु आर्थिक बर्षको असोज मसान्त सम्म २ सय ४८ वटा मुद्दा दर्ता भएकोमा ६९ वटा फछ्यौट भइसकेको बताउनुभयो । । सुरु मुद्दा ४ वटा, साधन १ वटा, रिट ३१, फुटकर निवेदन ३९ र प्रतिवेदन ३२ वटा दर्ता भएकोमा १ सय ४५ वटा मुद्दाको फछ्यौट भएको बताइएको छ । चालु आर्थिक बर्ष अदालतमा कुल ६ सय १३ मुद्दा कायम हुने र ४ सय ६८ वटा फछ्यौटको लक्ष्य राखिएको छ ।

जनतालाई न्यायमा पहुँच बढाउनकालागि अदालतको वेवसाइट मार्फत सूचना सार्वजनिक गर्ने, सूचना पार्टी व्यवस्थापन गर्ने, सूचना र सहायता कक्ष स्थापना, सूचना अधिकारीको व्यवस्था, एसएमएस सेवा शुरु गरिएको अदालतले जनाएको छ । चौंथो पञ्चवर्षीय रणनीतिक योजनाको लक्ष्य र उद्देश्य पूरा गर्न अदालतले वार्षिक कार्ययोजना बनाएर लागू गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *