शिक्षामा के गर्दैछ जैमिनी नगरपालिका

जैमिनि नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत तथा नगर शिक्षा अधिकारी खेम प्रसाद आचार्य संग शिक्षा क्षेत्रमा नगरपालिकाका १० योजनाको बारेमा गरेको कुराकानीको सम्पादीत अंशः

योजना १
जैमिनि नगरपलिकाले नगरका प्राथामिक तहका विद्यालयहरुमा अंग्रोजी माध्यमबाट पठन पाठन सुरु गर्न शिक्षकहरुलाई भाषको प्रयोग, शैक्षिक सामाग्रीहरुको निमार्ण र प्रयोगमा व्यवहारिक सिपको प्रयोग कसरी गर्ने भनेर तालीमको आयोजना गर्ने गरेको छ । नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्यापन गराउँने शिक्षक शिक्षीकाहरुलाई तालीम दिने गरेका छौं । यस्को लागि नगरबाट ३ लाख १८ हजार बजेट विनियोजन भएको । नगरभित्रका ८० वटा विद्यालयका ८० जना शिक्षकहरुलाई यसबाट तालीम दिईन्छ । प्राथमिक तहमा सबै विषहरु अङग्रेजी माध्यमबाट पढाउँने २५÷२६ वटा मात्र विद्यालय छन् । त्यस्ता विद्यालयहरुलाई अङग्रेजी माध्यम शिक्षण व्यवस्थापन भनेर ७ लाख रुपैया अनुदान दिने व्यवस्था छ । यो बजेटबाट शिक्षकहरुको व्यवस्थापन गरिन्छ ।

योजना २
अहिले कक्षा ५ र ८ को परिक्षा नगरस्तरिय गर्न थालिएको छ । त्यो संगैं एसइइ परिक्षामा समेत अङग्रेजी, विज्ञान र गणीत विषयमा जुन विद्यार्थीहरुले उत्कृष्ट अंक पप्त गर्छन् उनिहरु र शिक्षकलाई समेत पुरस्कृत गर्ने हाम्रो योजना छ । शिक्षा दिवसको दिन यो पुरस्कार वितरण गर्ने कार्यक्रम हुन्छ । यो भनेको शिक्षक र विद्यार्थीको शिकाई उपलब्धी पनि हो भन्ने नगरपालिकाको धारणा छ । त्यसको लागि १ लाख २० हजार रुपैया बजेट छुट्टाएका छौं । त्यो संगैं माध्यामिक तहका विद्यालयका शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धी तालीमहरुको व्यवस्था हुन्छ । यस्को लागि २ लाख ५० हजार बजेट विनियोजना गरिएको छ । यो वर्षदेखि ५ र ८ कक्षाको परिक्षा अनलाईन सिस्टमबाट गर्ने भनेर ओएव एप्लीकेशन किनिसकिएको छ । ओएव एप्लिकेसन मार्फत अनलाईन सिष्टमबाट फारम भर्ने देखि लिएर, नतिजा हेर्ने जस्ता परिक्षा प्रणाली को सफ्टोएर बेसमा स्थापना हुन्छ । नगरपालिकाले शिक्षकहरुलाई त्यसको तालीम पनि प्रदान गर्छ । यो कार्यक्रम हाम्रो एकदमै नयाँ कार्यक्रम हो । देशका धेरै नगरपलिकाहरुमा यो कार्यक्रम छैन् । त्यस्तै गरी हामीहरुले कक्षा ३, ५ र ८ कक्षाका परिक्षाहरु मात्र हुँदैन हाम्रोमा परिक्षा फलको विश्लेषण गर्न अन्तरक्रिया कार्यक्रम पनि हुने गरेको छ । त्यसका लागि ९८ हजार रुपैया बजेट छुटाएका छौ । त्यस्तै गरेर कक्षा ३, ५ र ८ का लागि परिक्षा सञ्चालन, सुद्धिकरण भनेर पनि कार्यक्रम छ । यो कार्यक्रमलाई नगरापलिकाले ४ लाख ५० हजार रुपैया बजेट विनियोजन गरेको छ ।

योजना ३
नगरपालिकामा सार्वजनीक शिक्षाको गुणस्तर सुधार र ऐन कानुन निर्माण सम्बन्धि कार्यशाला चलाउने भनेका छौ । मंसिर महिना भित्रमा यो कार्यक्रम सञ्चालन गर्ने योजना छ । त्यसमा डा. मनोप्रसाद वाग्ले र माहाश्रम शर्मालाई विषेशज्ञयको रुपमा बोलाउने तयारी भइरहेको छ । त्यो कार्यशालाले सार्वजनीक शिक्षाको गुणस्तर धोषणा पत्र जारी गर्न र अर्कोे स्थानीय तहको शिक्षा ऐन बिधिको ड्राफ्प्ट निमार्ण गर्ने छ । त्यसको लागि १ लाख ७५ हजार बजेट विनियोजन गरिएको छ ।

योजना ४
अर्काे माध्यामीक र आधारभुत विद्यायलयलाई पुरस्कृत गर्ने कार्यक्रम छ । नगरपालिकाले निश्चित मापदण्ड निर्धारण गरेको छ । विद्यालयको सिकाई उपलब्धी संगै अन्य राम्रा पक्षहरु हेरेर स्थलगत अध्ययन गरी तीन वटा विद्यालयलाई पुरस्कृत गर्ने योजना छ । यो कार्यक्रम गत वर्ष पनि गरिएको थियो । यस्को लागि २ लाख ८० हजार रुपैया बजेट विनियोजन गरिएको छ ।

योजना ५
नगरपालिकाका भित्रका सबै विद्यालयका कक्षा १ को व्यवस्थापन र संरचना निर्माणको कार्यक्रम छ । यो कार्यक्रमको लागि १० लाख बजेट विनियोजन गरेका छौं । हाम्रा विद्यालय अहिले सम्म एनजियो, आइएनजियो र स्थानिय स्रोतबाट पनि व्यवस्थापन भएका छन् । त्यसैले अग्ला बेञ्चहरु छन्, कार्पेट छैनन् । हामिहरुले गर्ने यो कार्यक्रमबाट कक्षा १ को बालमैत्री व्यवस्थापन हुनेछ । कक्षा कोठामा कार्पेट, जुत्ता चप्पल राख्नको लागि व्यवस्थापन, कक्षा कोठालाई विषयगत रुपमा विभाजन गर्ने लगाएतका कामहरु छन् । यो वर्ष २० वटा कक्षाकोठाहरु यहि योजना अनुसार निर्माण हुनेछन् ।

योजना ६
हाम्रा सामुदायिक विद्यालयका शिक्षकहरुलाई उचित तलब भत्ताको व्यवस्थ ागर्न सकिएको छैन । निमावी तहका शिक्षकहरुले मावि कक्षा सञ्चालन पनि गरिएको छ । विद्यालयले निजी स्रोतले शिक्षकहरु राखेका छन् उनिकरुको व्यवस्थापन गर्न निकै ग्राहो छ । त्यस्ता विद्यालयहरुलाई शिक्षक सहयोग अनुदान भनेर योजना बनाईएको छ । त्यसको लागि १० लाख रुपैया बजेट विनियोजन गरिएको छ । शिक्षक दरबन्दी नभएका, राहात अनुदान कोटा नभएका विद्यालयहरुमा शिक्षक व्यवस्थापनको लागि यो कार्यक्रमले सहयोग गर्छ । नगरपालिकाले यो योजनाको लागि कार्यविधी बनाउँछ र कार्यपालिकाबाट निर्णय हुन्छ त्यस अनुसार कुन विद्यालयलाई कति सहयोग गर्ने भनेर निर्धारण हुन्छ ।

योजना ७
जैमिनि नगरपालिकामा ६८ वटा बालबिकास केन्द्र छन् । ती बालबिकास केन्द्रमा थोरै तलब र प्रोत्साहान भत्तामा सहजकर्ताहरुले अध्यापन गराईराख्नु भएको छ । माथिबाट तलब भत्ता पनि बढेन त्यस हिसाबले हामीहरुले ३ हजारको दरले ६८ वटै बालबिकासका सहजकर्ताहरुलाई चाडपर्व खर्च भनेर दिने योजना बनाएका छौं । त्यस्तै बालबिकासका सहजकर्तालार्ई मन्टेश्वरीमा आधारित तालीम, बालबिकास केन्द्रको पुर्न ताजगी तालीमको व्यवस्था गरिएको छ । यो कार्यक्रमको लागि २ लाख ७५ हजार बजेट विनियोजन गरिएको छ ।

योजना ८
अतिरिक्त क्रियाकलाप मार्फत विद्यायर्थी र शिक्षक प्रतिभाको खोजी भन्ने अर्काे योजना कार्यक्रम छ । यो कार्यक्रमको माध्यमबाट शिक्षक र विद्यार्थीमा भएको प्रतिभाको खोजी गर्ने र उनिहरुलाई त्यो प्रतिभा निखारेर अरुमा पनि परिचान गर्ने भन्ने योजना छ । यस्को लागि १ लाख ३५ हजार रुपैया बजेट विनियोजन गरिएको छ ।

योजना ९
शान्ती माध्यामिक विद्यालयमा छुट्टै प्राविधिक धार सञ्चालन गरिएको छ । कम्प्यूटर ईन्जिनियरिङ सम्बन्धी पढाई थालिएको छ । एउटा वडाबाट २ जना विद्यार्थीलाई छात्रवृद्धि प्रदान गर्ने कार्यक्रम छ । त्यसको लागि २ लाख ६० हजार रुपैया बजेट विनियोजन गरिएको छ । विद्यार्थीलाई प्राविधिक शिक्षामा प्रोत्सहान गर्नको लागि यो योजना ल्याएका हो । वडा कार्यालयको सिफारिसको आधारमा गरिब, जेहेन्दार विद्यार्थी छनौट गरेर छात्रवृद्धि प्रदान गरिन्छ ।

योजना १०
नगरपालिकामा शिक्षा शाखा स्थापना भएदेखि शैक्षिक क्यालेन्डर निमार्ण गर्ने र त्यसको प्रकाशन गर्न थालिएको छ । सबै विद्यालयलाई क्लोण्डर वितरण गर्ने गरिएको छ । विद्यालयहरु सञ्चालन हुने, बन्द हुने, सबै कुराहरु क्यालेण्डरमा समावेश हुन्छन् । मासिक, त्रैमासिक गरेर शैक्षिक क्यालेण्डर समावेश गरिएको हुन्छ । यसको लागि १ लाख रुपैया बजेट विनियोजन गरिएको छ । त्यस्तै नगरपालिकाका प्रधानध्यापकहरुको बैंठक भनेर अर्काे कार्यक्रम छ । हाम्रोमा संस्कृत पाठशाला पनि छ, त्यसको आवाश व्यवस्थापन भनेर १ लाख ३० हजार छुट्टिएको । त्यस्तै मर्दशा पनि सञ्चालनमा छ । त्यसको व्यवस्थापनको लागि ५७ हजार विनियोजन गरिएको छ । यी सबै कार्यक्रमहरु नगरपालिको वित्तिय सामाजिकिकरणे बजेट अन्तरगतका कार्यक्रमहरु हुन ।
त्यस्तै गरेर हाम्रो संघिय सरकारबाटा हस्तानरण गरेका कार्यक्रमहरु भनेर सशर्त अनुदान अन्र्तगत बजेट आउने गर्छ । त्यसमा शिक्षको तलव भत्ताका कुराहरु छन् । प्रा प्रारम्भीक बालबिकास केन्द्रहरुको सहजकर्ता, कर्मचारीको तलब भत्ता, विद्यायलयको भैतिक निमाणमा यो वर्ष ३ वटा शौचालय निर्माण गर्ने कार्यक्रम छ । यो वर्ष एउटाको ७ लाख रुपैया बजेट रहन्छ । विद्यायलय संचालन व्यवस्थापन अनुदान रहेको छ । विद्यायलय संचालनका लागि केही रकम हामीहरुले त्यही बाटा दिन्छौं । एचअईपी, सामाजिक परिक्षण, विद्यायलयमा ईन्टरनेट व्यवस्थापनको लागि भनेर बजेट दिने कार्यक्रमहरु पनि छन् ।

त्यस्तै विद्यायलयको शैक्षिक गुणस्तर सुदृढिकरण एवंम कार्य सम्पादनमा आधारित प्रोत्साहान अनुदान भन्ने कार्यक्रम छ । यस अन्तरगत विज्ञान प्रयोगशाला, पुस्ताकालय, आई सि टि, विद्यायलयहरुलाई उत्कृष्ट प्रस्तुती, अंग्रेजी, विज्ञान र गणितको क्रिष्ट अनुदान भनेर विद्यायलयको गुणस्तर वृद्धि गर्नका लागि विद्यायलयलाई यो वर्ष यस्ता कार्यक्रम वितारण गर्ने तयारी भएको छ । नगरपालिकामा ५ वटा सामुदायिक सिकाई केन्द्रहरु छन् । यी सामुदायिक सिकाई केन्द्रहरुका लागि पनि कार्यक्रमहरु छन् । शैक्षिक पहुँचको सुनिश्चितता, अनैपचारीक शिक्षा कार्यक्रम छ । ती सिकाई केन्द्रहरुले कार्यक्रमको सञ्चालन र व्यवस्थापनको लागि प्रस्ताब गर्छन् । ती सिकाई केन्द्रहरुमा १ लाख रुपैयाको दरले दिन सक्ने बजेट छ । त्यस्तै विद्यार्थीलाई निशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँने नियमित कार्यक्रम छ ।

विद्यायलयहरुमा पाठ्यपुस्तको अनुदान पाठ्यक्रम विकास केन्द्रले तोकेको आधारमा पुस्तकका लागि पैसा पठाउने गरिन्छ । तेस्तै हाम्रा सामुदायिक विद्यायलयमा अध्यानरत दलित विद्यार्थीहरुका लागि छात्रवृद्धि को कार्यक्रम छ । यो माध्यामिक तहका विद्यार्थीहरुको लागि हो । यो वर्ष देखि माध्यामिक तहका लागि विपन्न लक्षीत छात्रवृद्धिका लागि आई एम आई एस माध्यम विद्यायथीहरुले भर्नुपर्ने हुन्छ । अरु माध्यामीक तहका सबै दलितहरुका लागि नियमित नै कार्यक्रम छ ।
समग्रमा संघिय सरकारबाट आएका २१ करोड १८ लाख तलब भत्ता सहित र ६२ लाख नगर विकास योजना बाट वित्तिय सामाजीकिकरण अनुदान अन्तरर्गतका कार्यक्रम रहेका छन् ।
प्रस्तुति साधना पन्त

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *