मानव सेवा आश्रमलाई न्यानो कपडा र खाद्यन्न

आदर्श अनलाइन, बागलुङ
मानव सेवा आश्रम बागलुङलाई कामना सेवा विकास बैंक बागलुङले जाडोको लागि न्यानो कपडा र खाद्य सामग्री प्रदान गरेको छ ।

बैंकले आफ्नो १५औँ बार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तीस हजार रुपियाँ मुल्य बराबरको न्यानो कपडा, सिरक डासना तथा खाद्य सामग्री उपलब्ध गराएको हो ।

बैकले समाजमा पेसा व्यावसाय मात्रा नगरेर आर्थिक कारोबारबाट प्राप्त मुनाफाले हरेक बर्ष सामाजिक कार्यमा लगानी गर्दै आएको शाखा प्रमुख शालिकराम अधिकारीले बताउनुभयो । ‘हामीले नाफा कमाउने मात्रा होईन’ उहाँले भन्नुभयो–‘बैंकलाई समाजसँग जोड्दै सामाजिक कार्यलाई थप सशक्त बनाउँछौँ ।

समाजसेवी देवबहादुर श्रेष्ठले सडक मानवरहित बनाउन सबै पक्षको सहयोग आवश्यक हुने बनाउनुभयो । आश्रममा हाल ४९ जना आश्रीत नागरिक छन् । उनीहरुको खाना, स्वास्थ्य उपचार तथा लत्ताकपडाको व्यवस्थापन आश्रमले गर्दै आएको छ । आश्रममा जिल्लावासी तथा जिल्लाबाहिर रहेका २४ जना नागरिकले मासिक पाँच सयदेखि चार हजार रुपियाँसम्म नियमित सहयोग गर्दै आएको अभिभावक सुमिरा लामाले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाममा रहेको नागरिकले विवाह, ब्रर्तबन्ध, जन्मोत्सव, चाडपर्व तथा अभिभावकको स्मृतिमा खाद्यन्न, नगद र जिन्सी सहयोग गर्दै आएका छन् । दानबाट नै आश्रम सञ्चालन भएको लामाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *