पहिरोमा ज्यान गुमाएका परिवारलाई पर्वत समाज कतारकाे आर्थिक सहयोग

आदर्श अनलाइन, कतार

पहिरोले घर पुर्दा परिवारका ५ सदस्य गुमाएका पर्वत दुर्लुङ्गका राम प्रसाद शर्मा (माधव) लाई पर्वत समाज कतारले आर्थिक सहयोग गरेको छ । भदौ १७ गते परेको मुसलधारे पानीको कारण गएको पहिरोमा परि आमा, श्रीमति २ छोरी र १ छोरा गुमाउनु भएका शर्मालाई पर्वत समाज कतारद्वारा सतचालिस हजार ४ सय चालिस बुधबार हस्तान्तरण गरिएको हो ।

१५ वर्षदेखि कतारलाई कर्मथलो बनाउनुभएका शर्मालाई परेको पीडामा थोरै भए पनि सहयोग पुगोस भनी संस्थाले आर्थिक संकलन गरी हस्तान्तरण गरेको संस्थाक सह-कोषाध्यक्ष एवं सहयोग अभियानका संयोजक सुवास जिसिले बताउनुभयो ।

कार्यक्रममा पर्वत समाज कतारका पुर्व अध्यक्ष चिन्तामणि पौडेल, पुर्व उपाध्यक्ष धन सुनार खाती, , कोषाध्यक्ष महेन्द्र कुमार चालिसे, आर्थिक संयोजक भिमकान्त शर्मा, निवर्तमान सह-कोषाध्यक्ष सोम केसी, कार्यसमिति सदस्य चित्र बहादुर क्षत्री लगाएतको उपस्थिति रहेको थियो । `निस्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत´ भन्ने मुल नारा सहित सन् २००३ मा पर्वत समाज कतार स्थापना भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *