गलकोट घुम्टे महोत्सव तयारी पुरा, साजसज्जाले भरिभराउ

थम्मन थापा, गलकोट

बिहिवारदेखि गलकोटको हरिचौर बसाह फाँटमा शुरु हुने दोस्रो गलकोट घुम्टे महोत्सवको सबै तयारी पुरा भएको छ ।

गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङको आयोजनामा मंसिर ४ देखि ११ गतेसम्म हुने महोत्सवको गृहमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गर्ने कार्यक्रम छ ।

महोत्सवको पुर्व सन्ध्यामा गलकोटको मुख्य बजार हटिया, हरिचौरलाई आकर्षक रुपमा सजिसजाउ गरिएको छ । महोत्सवलाई लक्षित गरि गलकोटका चोक, टोल तथा गाउँहरु सरसफाई सँगै झिलिमिली पारिएको छ । गलकोट नगरपालिका र ताराखोला गाँउपालिकाका प्रत्येक वडामा डिपिआर तयार गरि गलकोटलाई पर्यटकीय हवको रुपमा विकास गर्ने उद्धेश्य सहित झण्डै १३ वर्ष पछि दोस्रो गलकोट घुम्टे महोत्सव आयोजना गरिएको हो । महोत्सवमा रमाइलो मेला, बाल उद्यान र स्टल निर्माण भईसकेको छ।

महोत्सव स्थल सम्म पुग्न दर्शक तथा पर्यटकलाई लक्षित गरि यातायात सहज आवागमनको निमित्त अवरुद्ध मोटरबाटो मर्मत गरि सुचारु गरिएको छ । गलकोट नगरपालिकाका प्रत्येक वडामा महोत्सव प्रवेशद्धार निर्माण गरिएको छ । दर्शकले महोत्सव अवधिभर प्रत्येक दिन राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोदोहोरी गायक गायिकाहरु, पप, आधुनिक गायक गायिकाहरु, हाँस्य व्यङ्ग्य कलाकारहरु सँगै मोडलहरुको प्रस्तुतिमा रम्न पाउने छन् ।

महोत्सवमा गलकोटका पुराना र मौलिक संस्कृतिका गीत तथा नृत्यहरु ९साँस्कृतिक झाँकी० प्रदर्शन, स्थानीय हस्तकलाका सामग्री प्रदर्शन, विभिन्न जातजातीको भेषभुषा प्रदर्शन, जडीबुटी प्रदर्शन, व्यवसायिक वस्तु प्रदर्शन, बाल उद्यान, पर्यटकीय स्थलको तस्विर समेत अवलोकन गर्न पाउने आयोजकले जनाएको छ । गलकोटमा विगतमा भएका महोत्सव भन्दा यो महोत्सव फरक हुने भन्दै आयोजकले सम्पुर्णलाई महोत्सव अवलोकन गर्न अनुरोध समेत गरेको छ । महोत्सवको सम्पुर्ण प्राविधिक व्यवस्थापन हिमालयन इभेन्ट म्यानेजमेन्ट प्रालिले गरेको संयोजक मोहन केसीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *