आदर्श अनलाइन, बागलुङ
बागलुङमा जारी रोटरी युथ लिडरसिप अवार्ड (राइला) अन्तरगत दोस्रो दिन विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । कार्यक्रममा ६२ जना राइलेनले बिहिबार बिहाना कालिका मन्दिर दर्शन गरेका छन् ।
राइलेनहरुलाई स्वागत गर्दै कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले पछिल्लो समय युवाहरु सामाजिक संजालमा आफ्नो अधिकांश समय बिताएको पाईएता पनि रोटरी क्लवले युवालाई लक्षित गरेर युवाको क्षेमता विकाससंगै धार्मिक तथा पर्यटकीय स्थलको भम्रण कार्यक्रम राखेर युवालाई सिक्ने अवसर दिएको प्रति धन्यवाद व्यक्त गरे ।
उहाँले कालिका मन्दिरको इतिहासको बारेमा राइलेनलाई जानकारी गराउँदै एकै पटक गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट यति धेरै युवाहरु सम्भवत पहिलो पटक आएको भन्दै आगामी दिनमा पनि युवालक्षित कार्यक्रम गर्न रोटरी क्लवलाई आग्रह गर्नुभयो ।
कालिका मन्दिर दर्शनसंगै राइलेनहरुले विश्वकै लामो दाबी गरिएको झोलुङगे पुलको अवलोकन गरेको रोटरी क्लव आफ बागलुङका निर्वतमान अध्यक्ष दयाराम पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा राइलेनहरुलाई रोटरीका एसिस्टेन गर्भनर सन्तोष पोख्रेलले सफलता र समुहगत कार्य, रोटरी क्लव अफ पोखरा फिस्टेलका सदस्य सृजना भुतेलले नविनतम नेतृत्व विकास, रोटरी क्लव अफ पोखरा मिटटाउनका सचिव उपेन्द्र पौडेलले सम्बन्ध निमार्ण, रोटरी क्लव अफ बागलुङका पूर्व अध्यक्ष नेत्रलाल न्यौपानेले बक्तव्य र प्रस्तुतिकरणको शक्तीसंगै राइलेनहरुको क्षेमता प्रर्दशनका लागि फेसबुक ग्रुप र युटुव गु्रप बनाई प्रयोगात्मक क्रियाकलापहरु गराउनु भएकोे थियो ।
तीन दिने कार्यक्रम बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म रोटरीले निर्माण गरेको तालिका अनुसार तालिम, सिकाई, छलफल, तेस्रो दिन पर्यटकीय स्थल पञ्चकोट र सालिग्राम संग्राहलयको भ्रमण, योगा, लगायतका कार्य हुने राइला कार्यक्रममा संयोजक तथा रोटरी क्लवका उपाध्यक्ष रामकृष्ण शर्माले जानकारी दिनुभयो ।