देवघाटको विकासका लागि ३ तहकै सरकारले सहकार्य गर्नुपर्छ, मुख्यमन्त्री पोखरेल

आदर्श अनलाइन, तनहुँ
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले देवघाट क्षेत्रलाई वैदिक शिक्षा अनुसन्धानको केन्द्र बनाउने बताएका छन् । धार्मिक पर्यटन, शिक्षालाई प्रभावकारी र जीवनोपयोगी बनाउन ३ तहकै सरकारले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

तनहुँको देवघाट गाउँपालिका ५ स्थित बज्रयोगिनी माविको ६१ औं वार्षिकोत्सव समारोहमा प्रदेश शिक्षा क्षेत्रमा देखिएका द्विविधा हटाएर थप प्रभावकारी रुपमा अगाडि बढ्न मुख्यमन्त्री पोखरेलले सो धारणा राखेका हुन् । गण्डकी प्रदेशको विकासको आधार भनेकै त्रिवेणी, देवघाट हुँदै मुक्तिनाथ हो भन्दै उनले कालीगण्डकी करिडोर र शालिग्राम मार्गलाई पूर्णता दिने गरी काम भइरहेको जानकारी गराए । भूकम्प पुनर्निमाण प्राधिकरणले विद्यालयका लागि बनाइदिएको ४ कोठे भवनको उक्त अवसरमा मुख्यमन्त्रीले उद्घाटन गरेका छन् ।

देवघाटमा लामो समयदेखि सुकुम्वासी समस्या रहेको बारे आफू जानकार रहेको भन्दै उनले सरकारले भूमिहीनलाई लालपूर्जा दिलाउने आश्वासन दिए ।

मुख्यमन्त्री पोखरेलले बिहीबार साँझ नै देवघाटमा रहेका ३ वटा संस्कृत विद्यापीठको अवलोकन गरी त्यहाँको बस्तुस्थितिका बारेमा जानकारी लिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *