आदर्श अनलाइन, बागलुङ
बागलुङमा जारी रोटरी युथ लिडरसिप अवार्ड ( राइला ) अन्तरगत तेस्रो दिन विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । कार्यक्रममा ६२ जना राइलेनले बुधवार बिहान पञ्चकोट र सालिग्राम संग्राहलयको भ्रमण गरेका छन् ।
भ्रमणको क्रममा राइलेनहरुलाई रोटरी क्लव आफ बागलुङका पूर्व अध्यक्ष नेत्रलाल न्यौपानेले पञ्चकोट र सालिग्राम संग्राहलयको बारेमा जानकारी गराउनु भएको थियो । राइलेनहरुले पञ्चकोट र संग्राहलयमा भएका सम्पूर्ण मठमन्दिर र अबको दिनमा त्यस ठाउँमा थप्नुपर्ने विषयमा सुझाएका थिए ।
भम्रणमा देखेका बुझेका कुराहरुलाई राइलेनहरुको फेसबुक, टुइटर, युटुब र ईन्स्टाग्रम गु्रप बनाएर आफ्नो क्षमता प्रस्तुतिकरण गरेको उपाध्यक्ष दिपेन्द्र बहादुर घिमिरेले बताउनु भयो ।
कार्यक्रम शनिवार समापन गरिने घिमिरेले जानकारी दिनुभयो ।