आदर्श अनलाइन, बागलुङ
लखन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
अधिवेशनलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य सावित्रा रानाले समाज रुपमान्तरणमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले पछिल्लो समय सहकारीहरु सेवामुलक भन्दा बढी नाफा कमाउने तर्फ लागेको भन्दै सेवामा केन्द्रित हुन पर्नेमा जोड दिनुभयो ।
सांसद रानाले सहकारीहरु उत्पादनसँग जोडिनु पर्नेमा जोड दिँदै शेयर सदस्यको आर्थिक उपार्जनमा समेत टेवा पु¥याउनु पर्ने बताउनुभयो । निम्न वर्गका नागरिकलाई पनि सहकारीसँग जोडेर सीपमुलक र आयआर्जनसँग सम्बन्धी क्रियाकलामा जोड्न सके मात्रै सहकारीले समाजमा राम्रो प्रभाव पार्न सक्ने बताउनुभयो ।
‘अहिलेको परिवेशमा सबै नागरिकलाई सहकारीमा जोडि सीपमुलक, विकासमुलक कार्यमा संलग्न गराउन सहकारीहरु लाग्नु पर्छ, सहरकारीले नाफा मात्रै कमाउने र बचत तथा ऋणको कााम मात्रै नगरि उत्पादनमुलक काम समेत गर्नु पर्छ’ सांसद रानाले भन्नुभयो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष जेतेन्द्र थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । ७६६ जना शेयर सदस्य रहेको यस सहकारीले यस वर्ष एक अर्ब, ६५ करोड, ४९ लाख २५ हजार २०५ रुपैयाँ बराबरको कारोबार गरेको छ । संस्थाको कुल पूँजी २० करोड, ९३ लाख, ६० हजार ८०५ रहेको छ भने कुल आम्दानी २ करोड, २ लाख, ९१ हजार रहेको संस्थाका कोषाध्यक्ष थापाले जानकारी दिनुभयो । संस्थामा शेयर पूँजी ४ करोड, २० लाख ५५ हजार ५०० रहेको छ ।
सो अवसरमा संस्थाले नेपाल सरकारका अधिकृत रमेश थापा, जेष्ठ सदस्य, उत्कृष्ट शेयर सदस्य, बाल बचत कर्ता, उत्कृष्ट विद्यार्थी लगायतलाई सम्मान गरेको थियो । कार्यक्रममा समाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, संस्थाका शेयर सदस्य जंगबहादुर पुन, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दीपक गौतम लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष क्याप्टेन खडक बहादुर पुनको अध्यक्षता, उपाध्यक्ष कुशुम बुढा मगरको स्वागत र सह–सचिव रेशम थापाको संचालनमा सम्पन्न भएको थियो ।