एमाले महाधिवेशन प्रतिनिधिका लागि पर्वतबाट १३ जना सर्वसम्मत

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेको दशौ राष्ट्रिय महाधिवेशनका लागि पर्वत जिल्लाबाट ४ महिला सहित १३ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । पर्वत जिल्लामा एउटा संघीय निर्वाचन क्षेत्र भए पनि संगठित सदस्यहरुको आधारमा १३ जना प्रतिनिधि चयन भएका हुन् ।

पर्वतबाट दलित महिलातर्फ शर्मिला नेपाली, दलित खुल्लातर्फ मनोहर बि.पौडेल र शिवलाल सार्की तथा महिलातर्फ अनिता कुमारी रेग्मी पौडेल, कमला कुमारी पन्त सुवेदी र शारदा कुमारी शर्मा चयन भएको निर्वाचन संयोजक चन्द्र बहादुर क्षेत्रीले जनाउनु भएको छ ।

यस्तै खुल्लातर्फ पदम गिरी, गोविन्द पहाडी, पदमपाणी शर्मा, विकास लम्साल, भक्त बहादुर कुँवर, मित्रलाल बस्याल र राजुप्रसाद पौडेल चयन हुनु भएको छ । एमाले महाधिवेशनका लागि बागलुङबाट १२ जना म्याग्दीबाट ९ र मुस्ताङबाट चारजना यस अगाडि नै सर्वसम्मत चयन भएका छन् ।

गण्डकी प्रदेश अन्तरगतका ११ वटै जिल्लाका सबै तहबाट सर्वसम्मत प्रतिनिधि चयन भएको एमाले गण्डकी प्रदेशका कार्यालय सचिव गोविन्द बहादुर नेपालीले जानकारी दिनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *