मुस्ताङमा छिट्टै कर्मचारी व्यबस्थापन गछौंः अर्थ मन्त्री बराल


आदर्श अलाइन, मुस्ताङ

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बरालले मुस्ताङमा छिट्टै कर्मचारी व्यबस्थापन गर्ने बताउनु भएको छ । अर्थ मन्त्रालयले आइतबार मुस्ताङमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले प्रादेशिक कार्यालयमा कर्मचारी अभावले गर्दा धेरै योजना प्रभावित हुन लागेकोले अब छिट्टै कर्मचारी व्यबस्थापन गर्ने बताउनु भएको हो ।

संघ सरकारले प्रदेशमाआवश्यक पर्ने कर्मचारी व्यबस्थापन गर्न नसक्दा र प्रदेशले लोक सेवा आयोग ढिलो ल्याउदा कर्मचारी व्यबस्थापन गर्न कठिन भएको बताउनु भएको छ । विसम परिस्थितीमा बनेको बजेट कार्यान्वयनको विकल्पन भएको उहाँको भनाई थियो । सृजनाभएको दाहित्वले गर्दा श्रोत नयाँश्रोत विना नयाँ योजनालाई बजेट व्यबस्थापन गर्न कठिन हुने मन्त्री बरालको भनाई थियो । उक्त चुनौतीलाई सामनागर्न समन्वय र सहकार्य गर्नु पर्ने उहाँको भनाई थियो । प्राप्त बजेट बढी भन्दा बढी कार्यान्वयन गर्न कर्मचारीहरुलाई निर्देशन दिदै मन्त्री बरालले अघिल्लो बर्षको तुलनामा यस बर्ष करिब ५ अर्ब कम बजेट विनियोजन भएकोले प्राप्त बजेटलाई प्रभावकारी ढंगले कार्यान्वनगर्न आग्रहगर्नु भएको छ ।

जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख राजेन्द्र शेरचनले कर्मचारी अभावले गर्दा विकास निर्माण एवं जनताका धेरै काम प्रभावित भएको बताउनु भयो । अर्थ मन्त्रालयका सचिव बैकुण्ठ प्रसाद अर्यालले बजेट कार्यान्वयनको अबस्था बुझि कठिनायी भएको अबस्थामा सहजीकरण गर्ने उद्धेश्यले बागलुङ, पछि मुस्ताङ जिल्लामा छलफल गरिएको बताउनुभयो ।

बजेट कार्यान्वयनमा कसरी सहजीकरण गर्न सकिन्छ त्यसको समस्या पहिचान सहित समाधानगर्न समेत कार्यक्रमले सहयोग पुग्ने उहाँले बताउनुभयो । कोष लेखातथा नियन्त्रण कार्यालय मुस्ताङका डालेश्वर अर्यालले प्राकृतिक श्रोत साधनबाट राजश्व संकलन हुननसकेको गुनासो गर्नु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *