रोटरी डिस्ट्रिक ३२९२ द्वारा भीमापोखराका डेढ सय विद्यार्थीलाई शैक्षिक सामग्री

आदर्श अनलाइन, बागलुङ
रोटरी डिस्ट्रिक ३२९२ ले भीमापोखरामा ९ वटा विद्यालयका १ सय ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

रोटरी डिस्ट्रिकको साक्षरता मिसन अन्तर्गत स्कुल फर्क (ब्याक टु स्कुल) कार्यक्रम अन्तर्गत बच्चाहरुलाई शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्धेश्यका साथ विद्यार्थीहरुलाई झोला, पोशाक, कापी, पेन, टिपिन बक्स, खाजा लगायत आइतबार वितरण गरिएको हो ।

No description available.

कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले शिक्षाले मानिसको जीवनमा उज्यालो ल्याउने भएकाले सवै वर्गका मानिसहरुलाई शिक्षा अपरिहार्य भएको बताउनु भयो । शिक्षाले धनी गरिब नभन्ने भन्दै शिक्षित मानिस जुनकुनै ठाउँमा पनि पुग्न र आफ्नो क्षमता प्रस्तुत गर्न सक्ने उहाँले बताउनु भयो । पौडेलले रोटरी क्लबले बागलुङका धेरै स्थानहरुमा शिक्षा र स्वास्थ्यमा काम गरेको भन्दै आगामी दिनमा पनि यस्तै खालका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर थापाले आफ्नो पालिकामा ब्याक टु स्कुल कार्यक्रम गर्न आएकोमा धन्यबाद दिदै यस्ता रचनात्मक खालका कार्यक्रमले शिक्षाबाट बञ्चित बालबालिकाको भविष्य उज्वल हुने बताउनु भयो ।

कार्यक्रममा रोटरी डिस्ट्रिकका एजी भरत श्रेष्ठले रोटरी डिस्ट्रिकले बिगत २ वर्षदेखि स्कुल फर्क कार्यक्रम भिमापोखरामा गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँले रोटरी डिस्ट्रिकको आयोजना, सहयोगी र सरोकार संस्था, रोटरी क्लव अफ बागलुङ, रोटरी क्लव अफ ज्ञानेस्वरको सहयोगमा गरेको बताउनु भयो । ब्याक टु स्कुल कार्यक्रमको लागि भीमापोखरामा २५ जना विद्यार्थीका लागि १ जना सहजकर्ता गरि ५ जना सहजकर्ता समेत रहेको श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले ७ लाख ५० हजार रुपैया बराबरको सामग्री एक वर्षभरी भीमपोखराका विद्यालयमा वितरण गरिने बताउनु भयो ।

कार्यक्रममा काठेखोला गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष विद्यापती शर्मा, सहयोगी र सरोकार संस्थाका निर्देशक रामप्यारी बज्राचार्य र रोटरी क्लव अफ बागलुङका अध्यक्ष सञ्जय कुमार श्रेष्ठले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम जनकल्याण माध्यमिक विद्यालयका प्रध्यानध्यापक लिलाराम सापकोटाको अध्यक्षता, शिक्षक चन्द्रमणी उपाध्यायको स्वागत र शिक्षक होमनाथ गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *