आदर्श अनलाइन, बागलुङ
युनियन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको १४ औं साधरण सभा र ५ औ अधिवेशन सम्पन्न भएको छ । अधिवेशन बाट मेघनाथ शर्मा गैरको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा रवि प्रसाद शर्मा रेग्मी, सचिवमा ताल बहादुर कुवँर र कोषध्यक्षमा अगम कुमार पालीखे, सहसचिवमा गोकुल कंडेल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा सिता शर्मा, लाल बहादुर रेग्मी खत्री, गिता बुढा, प्राणेश्वरी शाक्य, झलक सुवेदी, रम्बादेवि शाक्य हुनुभएको छ भने लेखा समितिमा चन्द्रकान्त पौडेल, मुकुन्द सुवेदीर हिरा बहादुर बुढा चयन हुनुभएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाक्टर तरुन पौडेलले सहकारीले मानिसहरुलाई बचत गर्ने बानी बसालेको भन्दै आगामी दिनमा सहकारी अभियानलाई थप चुस्त दुरुस्त बनाउनु पर्ने बताउनुभयो । सहकारीले देशको आर्थिक क्षेत्रलाई महत्वपुर्ण टेवा पुराएको पौडेलले बताउनुभयो ।
कार्यक्रममा बहुउदेश्य सहकारी संस्थाका अध्यक्ष दुर्ग कुँवर र संस्थाका सल्लाहकार गुरुप्रसाद पोडेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष मेघनाथ शर्मा गैरे, स्वागत उपाध्यक्ष रवि प्रसाद शर्मा, सचिव ताल बहादुर कुवँरको संचालनमा सम्पन्न भएको थियो ।