सरोजराज पन्त
हामी सबैलाई लाग्दछ, जीवन संघर्षको यात्रा हो । तर, यो गर्भदेखि चितासम्मको यात्रामा उकाली–ओराली, दुःख–सुख, सहज–असहज जस्ता बुझाइ, हेराइ, भोगाइ सबैका समान हुँदैनन् र समान रुपमा जीवन अगाडि बढ्न पनि सक्दैन । नेपाली आमाको काखमा जन्मिएर उमेर पुगेपछि पुनः आमाको काखमा बिश्राम लिनु वा पञ्चतत्वमा विलिन हुनु नियति भएको छ । तर, कति त एक थोपा रगत बाँकी रहुन्जेल देश र जनताको सेवामा तल्लीन हुँदा घर परिवार भुलेर कर्मक्षेत्रमा नै विलिन हुन विवश बनेका छन । ति मध्येका एक कुशल व्यक्ति, असल राष्ट्र सेवक दामोदर पन्त जो जनयुद्धको सिकार भइ सदाका लागि बिदा हुनुभयो ।
देश र जनताको सेवामा समर्पित भई प्राण आहुति गर्दा राष्ट्रले गर्नु पर्ने सम्मानका लागि चिन्न नसकेका कयौ उदाहरणहरु मध्येका एक पन्त राज्यका नजरमा ओझेलमा हुनुहुन्छ । आज राष्ट्रका लागि दिलो ज्यान दिने सयौं मानिस समाजमा प्रिय बने पनि राज्यको नजरमा नगन्य बनेका धेरै छन् । आखिर के कति कारणले यस्ता व्यतिm राज्यका नजरमा नगन्य बन्ने यसबारे अध्ययन अनुसन्धान आवश्यक बन्दै गएको छ । प्रस्तुत लेखको मुख्य उद्देश्य जीवनका महत्वपूर्ण उर्जाशील समय देश र जनताको सेवामा लगाएर कर्मक्षेत्रमै सेवा दिदा दिदैं जीवन आहुति गरेका व्यतिmको योगदानको उजागर गर्नु रहेको छ । देश मानव समाजका लागि विभिन्न क्षेत्रहरुमा पु¥याउनु भएको योगदानको लेखाजोखा गरि उहाँले गरेका कार्यमा र महत्वपूर्ण भूमिकाको बारेमा यो लेख तयार पारिएको छ ।
जीवन यात्रामा संघर्ष सबैले गर्नु पर्दछ । मानव जीवनका मोडहरुमा प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा संघर्ष जोडिन आउँछ । धर्तीमा पाइला राखेपछि बाँच्नका लागि निरन्तर संघर्ष गरिरहनु मानव नियति हो । जीवनरथलाई चलायमान बनाउन मानिस हरपल क्रियाशील भई रहनु पर्दछ । मानिस जन्मेर उमेर पुगे पछि मर्नु सृष्टिको शाश्वत नियम हो । यही भएर भगवान राम, कृष्ण, बुद्ध लगायतका अवतार यही सृष्टिमा जन्मिए र संघर्ष गदैं विलिन भए । यस्तै, देश र जनताका लागि निःस्वार्थ काम गर्न तीव्र सङ्कल्प बोकेका सेवा भावले निखार व्यक्ति दामोदर पन्तको जन्म वि.सं. २०११ साल असार १५ गते आमा शारदा पन्त र बुवा भोजराज पन्तको कोखबाट भएको हो । सानै उमेरदेखि पठनपाठनमा त्रीव इच्छासहित लगनशील भई अगाडि बढेका पन्त प्रवेश परीक्षा उत्तीर्ण गरेपछि जागिरमा प्रवेश गरी अध्ययन र विश्वविद्यालय शिक्षाबाट आफूलाई स्वावलम्बी बनाउने कयौ प्रयासहरु निरन्तर राख्न अनेकौ संघर्ष गर्नु परे पनि एम.ए., विएल पास गरी अध्ययनलाई शिखरमा पु¥याउन सफल हुनुभयो । सदा सेवामा ध्यान दिदैं नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सहयोग पु¥याउँदै आउनुभयो । जीवनको पूर्वाद्र्वदेखि संघर्षमय जीवनबारे बोध गरिसकेका पन्तले कुनै पनि व्यक्तिले दुःख पाएको देख्न नसकी अनवरत लागि रहनु भयो र सेवाकालमा कार्यसम्पादनको स्तरलाई कहिल्यै कमी हुन दिनु भएन । जुम्लामा चाडवाडको बेला चामल लगायतका खाद्यान्नको अभाव हुन नदिन उहाँको गहन पहल भयो । नेपाली भएर पनि बिभिन्न कारणले नागरिकता पाउन नसकेका जुम्लीहरुले नागरिकता दिनमा उहाँको महत्वपूर्ण भूमिका रह्यो । तर, बिडम्वना यस्ता जनप्रिय कुशल प्रशासक सोही जिल्लाको प्रमुख जिल्ला अधिकारी सेवाकै क्रममा २०५९ कात्तिक २८ गते जनयुद्धमा शाहदत प्राप्त गर्नु भयो ।
जीवनमा बुझाइ, हेराइ, भोगाइ र सिकाइ भित्रको परिवर्तित सन्दर्भ अनुसार चल्न सक्नु पर्दछ भन्ने कुशल व्यक्तित्व पन्तले छोटो जीवनकालमा सरकार र मानव समाजलाई असख्य योगदान दिन सफल हुनु भएको छ । जीवनका हरेक पलमा सरकार र जनसेवाका लागि उहाँको योगदान नभएको अवस्था छैन भन्दा अत्युक्ति नहोला । आफ्नो जीवन र परिवारलाई भन्दा देश र समाजको प्रगति, सेवाका लागि ऊर्जा खर्चिनु भएका गान्धीवादी जीवन शैलीबाट प्रभावित भई जीवनमा समाज र राष्ट्रका लागि केही गर्नु पर्दछ भन्ने प्रेरणा मनमा गडेको राष्ट्रका लागि समर्पित भै मानव प्रति कहिल्यै अन्याय हुन नदिने, निडर, परिश्रमी, नियमित अध्ययनमा लाग्ने, समय व्यवस्थापन गर्ने, जोशिलो, कर्मठ गुणका धनी, मानवका लागि नभई नहुने ३ वटा गुण समय, स्रोत, साधन सबैलाई व्यवस्थापन गरि उचित निर्णय गर्न सफल व्यक्तिलाई अकालमा गुमाउनु पर्दाको पीडा परिवारले कहिल्यै भुल्न सक्ने छैन । यद्यपि राज्यले भने भुलिसकेको अबस्था छ । जीवनमा अरुको सेवामा रमाउने प्रवृत्तिका कारण उहाँ जीवनका हरपलमा सामाजिक, मानवीय सेवामा प्रत्यक्ष लाग्नु भएका पन्तले विविध क्षेत्रमा पु¥याएका योगदानलाई आत्मसाथ गर्दै सरकारले गोरखा दक्षिणबाहु चौथो प्रदान गरेको थियो । यसरी उहाँले देश र जनतालाई पु¥याएको सेवाको शब्द चित्रमा उतार्न जटिल रहेको छ ।
वि.स. २०३९ साल देखि सेवा प्रवेश गरी २०५९ साल कातिक २८ गते जनयुद्धको शिकार नहुञ्जेल सम्म अनवरत सेवा पु¥याउँदै कुनै पनि सर्वसाधरणलाई अन्यायमा पर्न नदिने, महिलाहरुको हकहित, अधिकारको संरक्षणसँगै सेवा गर्दै आउनु भयो । सम्वन्धित सेवारत क्षेत्रका विभिन्न पदमा मात्र होइन सेवान्तर गरी जिल्ला शिक्षा अधिकारीको रुपमा रहेर कार्य सम्पादन गर्दै आउनुभयो । शिक्षा मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालयदेखि जिल्ला स्तरका विविध पद र सेवामा रहेर योगदान पु¥याउँदै आउनु भयो । आफ्ना लागि होइन, अरुका लागि बाँच्न सिकौं भन्ने प्रेरणा उहाँले निजामती सेवामा लामो पु¥याउनु भएको योगदानबाट स्पष्ट हुन्छ । सचेतनाका लागि र सर्वसुलभ शिक्षा प्रदान गर्नु पर्दछ भन्ने उद्देश्यले शैक्षिक विकासमा महत्वपूर्ण कार्यका लागि र पाल्पामा जिल्लामा दुई÷दुई वर्ष जिल्ला शिक्षा अधिकारीको भूमिका निर्वाह गरी महत्वपूर्ण कार्य गर्नुभयो । त्यसपछि बझाङ, बारा, अर्घाखाँची, पाल्पा, स्याङ्जा, तनहँु जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी र कतिपय जिल्लामा कायम मुकाम प्रमुख जिल्ला अधिकारीको रुपमा काम गर्नुभयो । यसैगरी, भैरहवा सुनौंलीमा भन्सार अफिसर, झापाको भुटानी शरणर्थी शिविरमा पनि कार्यरत रहनु भयो । जनयुद्धको समयमा जुम्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहदै गर्दा उहाँ जनयुद्धको सिकार बन्नुप¥यो । जनता र राष्ट्रको लागि समर्पित हुने क्रममै सदाका लागि परिवार र सन्तानलाई अभिभावक विहिन टुहुरो पारेर बिदा हुनु भयो । अल्पायुमा परिवारको सदस्य गुमाउनु पर्दाको पीडा आमा, श्रीमती, सन्तति र परिवारका अन्य सदस्य, आफन्तजनलाई कति भयो र भैरहेको छ ? यो विषयमा राज्य गम्भीर हुन सकेको देखिदैन ।
यसरी देश र जनताको सेवामा जीवन समर्पण गर्ने राष्ट्र सेवकका परिवारमा श्रीमती तारा पन्त र दुई छोरीहरु मनिषा पन्त र अष्मिता पन्त हुनुहुन्छ । १५ र १७ बर्षका कलिला नानीलाई आमाको काखमा छाडेर आफू कर्म क्षेत्रमा लाग्नु विवशता थियो । त्यसैमाथि सदाका लागि बिदा हुनु परिवारका लागि अति दुखद र कष्टकर बन्यो । परिवारलाई भन्दा कामलाई महत्व दिएर सधै कर्म क्षेत्रमा लाग्ने यस्ता व्यतिm आज राज्यको नजरमा ओझेलमा पर्नु पक्कै पनि जायज होइन । पन्तको राष्ट्र प्रतिको योगदानको स्मरण हुने केही काम नहुनुले राज्यले बिर्सेको मात्र छैन, उहाँको योगदानलाई पछ्याउन पनि सकेको देखिदैन । मरणोप्रान्त प्रख्यात त्रिशक्तिपट पदक दिएता पनि आजसम्म उहाँलाई शहीद घोषणा गर्न नसक्नु र उहाँका नाममा न कुनै ट्रष्ट बन्न सके, न कुनै कलेज खुल्न सके, न त कुनै सडकको नाम नै उहाँको नामसँग जोडिए । यसबाट जीवनभर निस्वार्थ सेवा गर्ने कर्मचारीको मनोवल माथि उठन र सेवागर्न उत्प्रेरित हुने अवस्था साँच्ची कम भएको अनुभुति अहिले गर्न सकिन्छ ।
मानव स्वभावले सामाजिक प्राणी भएकोले समाजमा बसेपछि प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध स्थापित गर्दछ । समाजमा रहने सबै मानिसका समान विशेषता रहँदैन । उहाँको ध्यान समाज विकासमा रहेको पाइन्छ । उहाँले सामाजिक, सांस्कृतिक, धार्मिक क्षेत्रमा आर्थिक, भौतिक, नैतिक सहयोग पु¥याएको पाइन्छ । कठोर पञ्चायती व्यवस्थाको प्रशासक भएकोले बिभिन्न बाध्यात्मक सीमामा बाँधिएर पनि सार्वजनिक सेवा, समाज विकासदेखि मानवीय सम्पूर्ण गतिविधिमा उहाँको योगदान अविस्मरणीय छ ।
मानिस आफ्ना लागि जिउँछन्, अरुका लागि जिउन सिक्नु पर्दछ । आफ्नो व्यक्तिगत र पारिवारिक स्वार्थमा भन्दा समाज र राष्ट्रको सेवामा केही नवीन काम गरौं । तलदेखि माथि, माथिदेखि तलसम्म दोहोरो समन्वयन गरौं । अन्यायमा कोही नपरौं र अन्याय अत्याचारलाई सहेर नबसौं । अनावश्यक काममा समय वर्वाद नगरौं, सेवा र विकासका लागि एकजुट भई लागौं । आत्म सम्मान हुने काम गरौं । आफ्नो ज्ञान, सीप, दक्षता, क्षमताले भ्याएको काम गर्न कोही पछि नपरौं । जननी माताको काखमा बसी पसिना बगाउने र विदेशिन जान रोक्ने काम गरौं भन्ने सन्देश उहाँको जीवनबाट पाउन सकिन्छ ।
एक कुशल प्रशासकको रुपमा उहाँले जुन भूमिका खेल्नुभयो, त्यो अनुपातमा सम्मान गर्न राज्य त चुकेको महशुस हुन्छ नै । विविध सेवामा अतुलनीय काम गरेका, सेवारत अबस्थामै जीवन आहुति गरेका व्यक्तित्वका लागि राज्य स्तरबाट कति न्याय भयो त भन्ने प्रश्न यो पंक्तिकारमा उब्जिनु कति प्रासङ्गिक होला ? यो पाठकवृन्दले लेखाजोखा गर्नुहुनेछ । जे होस्, राष्ट्रका एक अभिन्न अङ्ग, हामी सबैका अभिभावकको योगदान जीवन्त छ । ‘सेवा गर, मेवाको आशा नगर’ भन्ने भनाइलाई आत्मसात् गर्दै उहाँ जसरी कर्ममा जीवनका हरेक क्षणमा क्रियाशील रहनुभयो । यसबाट सबै युवा जमात, पेशाकर्मी, नागरिक समाज, राजनीतिज्ञ, कर्मठ सबै नेपालीले सकारात्मक सोच बनाएर अगाडि बढ्न सके देश विकाससँगै मानवको मुहार फेर्न सकिन्छ । जीवनमा हारेर होइन, कर्म गरेमा लक्ष्यमा पुग्न सकिन्छ । यसरी सकारात्मक सोच, समन्याय, एकता, परिवर्तित सोचबाट अगाडि बढ्न प्रेरित गर्न आदरणीय दाजुको जीवन पूर्ण हुन सकेन उहाँको बैैकुण्ठ बासको कामना गर्दछु । उहाँको सिर्जनशील जीवनबाट बर्तमान निजामती सेवा हरपल जनसेवामा सर्मर्पित बन्न अति जरुरी छ ।