आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को जिल्ला अध्यक्षयमा रोशन कुवँर चयन हुनुभएको छ ।
आइतबार बागलुङ बजारमा बसेको अनेरास्ववियुको सचिवालय बैठकले जिल्ला सम्मेलन आयोजना गर्नको लागि संयोजकमा कुँवर र सह– संयोजकमा सुरेश रेग्मीलाई चयन गरेको हो । बैठकले ६१ जना सदस्य चयान गरेको छ ।
अनेरास्ववियुको नयाँ नेतृत्व चयन गर्दै नेकपा एमाले बागलुङ इन्चार्ज मन कुमारी केसी जिसीले विद्यार्थीहरुले देशको राजनितीलाई अगाडी बढाउनु पर्ने भन्दै आगामी दिनमा पार्टीको विभिन्न कमिटिमा युवाको भुमिका महत्वपुर्ण रहने बताउनु भयो । उहाँले नेकपा एकालेको १० औं महाधिवेशन चितवनमा हुन गईरहेको भन्दै अनेरास्ववियुले उक्त महाधिवेशनलाई सफल बनाउन आजैबाट लाग्नु पर्ने बताउनु भयो ।
बैठक अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य शेखर खड्का (झलक) अध्यक्षयता र केन्द्रिय सदस्य शिव शर्मको संचालनमा सम्पन्न भएको थियो ।