पूर्वाधार पछि पर्यटन केन्द्रित हुँदै ताराखोला

आदर्श अनलाइन, बागलुङ

मुलुकको ऐतिहासिक परिवर्तनमा ठूलो कुर्बानी गरेको ताराखोला गाउँपालिकाले विकासमा क्रमशः फड्को मार्न थालेको छ । सशस्त्र द्वन्द्वमा ताराखोलामा मात्रै २१ जना सहिद भएका थिए भने दुई जना बेपत्ता छन् । ताराखोलामा स्थानीय तह बने यताको चार वर्षमा उल्लेख्य भौतिक संरचना थपिएका छन् । गाउँपालिकाको कुनै कार्यालय पनि अहिले भाँडाका घरमा छैनन् ।

गाउँपालिकाको आफ्नै कार्यालय छ । झण्डै तीन करोडको लागतमा प्रशासनिक भवन ठडिदैछ । पाँच सय क्षमताको आधुनिक बहुउदेश्यीय सभाहल निर्माण सकिएको छ भने ताराखोला संग्रहालयको काम अन्तिम चरणमा पु¥याएको गाउँपालिकाको ध्यान पर्यटनमा केन्द्रित गरेको ताराखोला ताउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । घुस्मेलीमा पक्की पुल समेत निर्माण भइसकेको छ ।

“सडकमा भने भौगोलिक जटिलताका कारण सोचे जस्तो सुधार गर्न नसके पनि कार्यालय व्यवस्थापन, सभाहल, कर्मचारी आवास, वडा कार्यालय अहिले आफ्नै भवनबाट सञ्चालनमा ल्याएका छौ” अध्यक्ष घर्तीले भन्नुभयो “चार वर्षको अवधीमा आधारभूत भौतिक संरचना तयार भइसकेको छ, सहिद मार्ग कालोपत्रेका लागि पूर्वाधार निर्माण भइरहेको छ, तर भिरालो बस्ती भएका कारण सडक सञ्जालले सबै गाउँ छोए पनि सहजपूर्ण यात्रा गराउन सकिएको छैन, सडकमा लगानी ठूलो लाग्ने भएकाले समस्या छ ।”

अध्यक्ष घर्तीका अनुसार ताराखोला गाउँपालिकाका पर्यटकीय क्षेत्रको विकास र नयाँ पर्यटकीय क्षेत्र बनाउनका लागि एकीकृत रुपमा विस्तृत योजना प्रतिवेदन (डिपिआर) बनाएर अगाडि बढेको गाउँपालिकाका अध्यक्ष घर्तीले जानकारी दिनुभयो ।

पाँच वटा वडा रहेको गाउँपालिकामा पर्यटनको सम्भावना तथा भौगोलिक बनावटका आधारमा पर्यटनको विकासका लागि पालिकाले काम थालेको छ । पालिकाले करिमेलामा स्टोन भिलेज गाउँ निर्माण, सिपमा पोखरी र पर्यटकीय पदमार्ग, अर्गलको गयरामा सहिद पार्क, मोतिमारेमा पर्यटकीय पार्क, सिद्ध गुफा संरक्षण र रानु झरनामा पूर्वाधार निर्माण गर्ने गरी १७ करोडको लागतमा डिपिआर तयार भइसकेको ताराखोला गाउँपालिकाले जनाएको छ ।

संघ सरकारको पर्यटन विभाग र स्थानीय तहको साझेदारीमा पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण गरिने गाउँपालिकाका उपाध्यक्ष दिल कुमारी पुनले बताउनुभयो । तत्कालै स्टोन भिलेज गाउँ करिमेलाबाट पर्यटनको काम शुरु हुने र अहिले संघ सरकारको रु.५० लाख र गाउँपालिकाको दश लाखमा काम शुरु हुनेछ । पालिकाले एक गाउँ एक पोखरी निर्माण अन्तर्गत नयाँ निर्माण र पुराना मर्मत गरी २० पोखरी बनाएको छ ।

सहिद पार्क निर्माण गर्ने स्थानमा १० वर्षे द्वन्द्वका क्रममा माओवादीले बनाएको बंकर र सुरुङ रहेको र त्यसलाई पर्यटकीय स्थलको रुपमा अवलोकन स्थल बनाउने गाउँपालिकाको योजना छ । अगर्लको गयरा स्थित सहिद पार्क निर्माण गर्ने स्थलमा नेपाली सेनाले रोशन धोज, डोर छन्त्याल र टिका छन्त्याललाई हत्या गरेको थियो ।

सहिद पार्कमा ताराखोलाका २१ जना सहिद, २ बेपत्ता र बाहिरबाट ल्याएर हत्या गरेका तीन जना सहित २७ जनाको शालिक समेत निर्माण गरिनेछ । अहिले गाउँपालिकामा घरबास समेत फस्टाउदै आएको छ । द्वन्द्वपछि उठेको ताराखोला माओवादीको उद्गमथलो समेत हो । द्वन्द्वका पुरना अवशेष, सामाग्री तथा द्वन्द्वा प्रयोग भएका हतियारको समेत नमूना प्रदर्शन गर्न सक्नेगरी शहिद पार्क निर्माण हुँनेछ । भएकाले कोरोनापछि घरबासमा राम्रे पाहुँना आउन थालेको ताराखोला स्थित किकल्टा घरबासका सञ्चालक समितिका अध्यक्ष फूलमाया रोकाले जानकारी दिनुभयो ।

ताराखोलाको भूष पोल्ने मेला, एकादशी मेला लगायतमा मेला लक्षित गरी आउने पाहुँनाको चाप बढी रहेको ताराखोलाका घरबासका सञ्चालकहरु बताउछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *