उत्पादन बढेपछि बागलुङमा किबीको मुल्य घट्यो


–आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले वार्षिक १० हजार केजी किबी उत्पादन गरेर बजार पठाउनुहुन्छ । जिल्लामा पहिलो पटक किबीको व्यवसायीक उत्पादन थाल्नुभएका पाइजाले बागलुङमा किबी जागरणनै ल्याउनुभएको छ ।

गाउँ–गाउँमा धेरै थोरै किबीको उत्पादन हुँदा मुल्यमा भने गिरावट आएको छ । पाइजाले किबीको मुल्य शुरुमा एक हजार भएपनि अहिले मुल्य घटेर तीन÷ चार सय प्रति केजीमा सिमित भएको बताउनुभयो । पाइजाको अनुसार गुणस्तरीय किबी उत्पादन भएमा अहिले पनि प्रति केजी ६०० रुपैयाँमा बिक्री हुँने उहाँको भनाई छ ।

“खेती गर्ने किसान त बढेका छन् त्यसैले उत्पादन बढेर पनी बजारको मुल्य घटेको हो तर गुणस्तरीय किबी अझै उत्पादन हुँन सकेको छैन, बागलुङमा बिदेशमा फल्ने किबी र यहाँ फल्ने किबीमा धेरै फरक छ” पाइजाले भन्नुभयो “एकिकृत उत्पादन गर्ने र एउटा ब्राण बनाएर बेच्ने भने मात्रै मुल्य पाइन्थ्यो, हाम्रो छरिएको उत्पादन र छरिएको बजारले गर्दा समस्या भएको हो तैपनी किसानको किबी प्रतिको मोहो राम्रो छ ।” पाइजाका अनुसार प्राविधिकको सल्लाह बमोजिम किबीको विरुवाको काट छाट र मलजल गर्न आवश्यक रहेको बताउनुभयो ।

पाइजाले २५ रोपनीमा १० वर्षदेखि किबी खेती गर्दै आउनुभएको छ । यस्तै काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्षले परिक्षणका लागि लगाइएको किबीका बिरुवाले दुई वर्ष देखि उत्पादन दिन थालेको बताउनुभयो । लामिछानेले दुई रोपनी जग्गामा लगाउनुभएको ३० वटा किबीका बोटले गत वर्षदेखि उत्पादन दिनथालेपछि किबी खेतीको बिस्तार गर्ने योजनामा हुनुहुन्छ ।

“मैले व्यवसायीक रुपमा नलगाएर परिक्षणको लागि मात्रै लगाएको हुँ, किबिले राम्रो उत्पादन दिन हुरु गरेको छ, गत वर्ष १०० केजी किबी बिक्रि गरेको थिए, अहिले त्यो भन्दा बढी बिक्रि गर्ने योजनामा छु ।” पाँच वर्ष अघि किबीको मुल्य प्रति केजी रु. एक हजार थियो तर अहिले मुल्य घटेर रु. ३०० माझरेको छ । लामिछानेको भनाई छ ।

सिगानामा पहिलोपटक किबि खेती भित्राउनुभएका पूर्व शिक्षक अनन्त बहादुर खड्काले यस वर्ष किबीको उत्पादन घटेको बताउनुभयो । ८ वर्षदेखि किबी खेती गर्दै आउनुभएका खड्काले यस वर्ष किबीको बिरुवा काटछाट गर्न नपाउदा समस्या भएको बताउनुभयो । उहाँले यस वर्ष जम्मा ३०० केजी किबी बजार पठाउने तयारीमा हुनुहुन्छ । खड्काले पनि भनेजस्तो मुलय नपाएको गुनासो गर्नुभयो ।

खड्काले गत वर्ष उत्पादन गरेका किबीलाई पोखरामा बजारीकरण गरेको बताउनुभयो । यस्तै बागलुङको ताराखोला, दूलिभाटी, निसीखोला बजार, बलेबा र जैमिनी लगायतका क्षेत्रमा समेत किबी खेती प्रति कृषकको आर्कषण रहेको छ । सिगानाकै हरी बहादुर जिसीले समेत पाँच वर्षदेखि आफ्नो कृषि फर्ममा किबी उत्पादन गर्दै आउनुभएको छ । कृषि क्षेत्रको जागिरे जीवन अवकासपछि उहाँले गाउँमै कृषि तथा पशुपन्छी फर्म सञ्चालनमा ल्याउनुभएको छ ।

किबीको विरुवा बढ्दै गएपछि झालमा परिणत हुँने गरेको छ । किसानले झाललाई राम्रो थाक्रो हाल्न सके मात्रै किबिको राम्रो उत्पादन हुन्छ । तर बागलुङमा उत्पादन भएको किबीको फल सानो भएकाले मुल्यमा गिरावट आएको किबी व्यापारीहरु बताउछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *