ठेकेदारले काम नगरेपछि युवाले थाले चरणबद्द आन्दोलन

डम्मर बुढा मगर, बागलुङ
मध्यपहाडी लोकमार्गको बागलुङ खण्डका ठेकदारले समयमै काम नसकेको भन्दै काठोखोला गाउँपालिका वडा नम्बर ५ र ६ का युवाहरुले सडकमा उत्रिएर आन्दोलन गरेका छन् । युवाहरु कालो झण्डा र पट्टी बाँधेर सडकका नारा जुलुस लगाउँदै हिँडेका थिए । यसभन्दा अगाडी पनि स्थानीयहरुले सडक अवरुद्ध गरेका थिए । सडक खुलाउनका लागि ठेकेदार कम्पनी र सरोकारवाला निकायले काम तत्कालै सक्ने गरि सहमति जुटाएका थिए ।

तर सहमती अनुसार काम नभएको भन्दै पुन आन्दोलनमा उत्रेका हुन् । लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड अन्तरर्गतको माथिल्लो खण्डकमा केही काम सुरु गरे पनि तल्लो भागमा भने कामनै नभएको भन्दै आफूहरु काम समयमा सक्न ठेकेदार कम्पनीलाई दबाव दिन सडकमा उत्रिएको स्थानीय दिवस कँडेलले बताउनुभयो । कँडेलले अहिले विरोधको सुरुवात मात्रै गरेको भन्दै अझै पनि ठेकेदार कम्पनीले बेवास्ता गरे त्यसको परिणाम राम्रो नआउने चेतावनी दिनुभयो ।

घोडाबाँधेदेखि इनारपानीसम्मको खण्डमा काम गर्ने छनक देखाए पनि अक्षेते खण्डको ठेकेदार सम्पर्क विहीन भएपछि विरोध कार्यक्रमको सुरुवाती गरेको भन्दै अब यस्ताखालका कार्यक्रमहरु चरणबद्द ढंगले गर्दै जाने उहाँले बताउनुभयो । कँडेलले सडक निर्माण भएको दुई दशक बित्दा पनि स्तरोन्नती हुन नसक्नुको कारण सरोकारवाला निकायको बेवास्ता र ठेकेदार कम्पनीको अटेरी भएको बताउनुभयो ।

‘सडक निर्माण भएको यतिका वर्ष बिति सक्यो, यहाँभन्दा पछि खुलेका सडकहरु कालोपत्रे भइसके, तर यो वर्षौँदेखि यस्तै छ, यसमा सरकारको नि नजर निकै कम परेको छ, ठेकेदार कम्पनीले अटेरी गरि राको छ,’ कँडेलले भन्नुभयो ‘यही तरिकारले त कहिले यो सडकको स्तरोन्नती हुन्छ ?, अहिले सांकेतिक रुपमा विरोध कार्यक्रमको सुरुवात गरेका छौँ, अझै पनि ठेकेदार कम्पनीले सुनेन भने त्यसको परिणाम राम्रो पक्कै आउने छैन, त्यसको जिम्मा सरकार र ठेकेदार स्वएमले लिनुपर्छ ।’

स्थानीयहरुले वर्षौँदेखि हिउँदमा धुलो र बर्खामा हिले गर्दा बसाइँनै सर्नु पर्ने अवस्था आएको भन्दै लोकमार्गको यो खण्ड तत्काल स्तरोन्नती हुनुपर्ने कँडेल बताउनुहुन्छ । ‘सडकको यो हालत छ, यही सडक भएर दैनिक ओहोरदोहोर गर्ने यात्रु हैरान भई सके, हिलो धुलोले स्थानीय पनि वाक्क दिक्क भइसके,’ उहाँले भन्नुभयो ‘अब पनि ठेकेदारले विभिन्न बहाना बनाएर काम गरेन भने थप शसक्तका साथ हामी सडकमा आउने छौँ ।’

घोडाबाँधेदेखि इनारपानीसम्मको करिब ३ किलोमिटर सडक स्तरोन्नती भएको छ भने अरु खण्डको सडकको अवस्था भने उस्तै छ । मध्यपहाडी लोकमार्ग पर्वतका प्रमुख मेघराज मरासिनीले चैत मसान्तसम्मका लागि ठेकेदार कम्पनीलाई अन्तिम म्याद दिएको र त्यस अवधिसम्म काम नसके ठेकेदार कम्पनीलाई कानुन अनुसार कारवाही गरिने बताउनुभयो । यसभन्दा अगाडी नै कालोपत्रे गरि सक्ने भनिए पनि कोरोना तथा वर्षाको कारण नसकेको भन्दै चैत मसान्त भन्दा पछाडी सरे सम्झौता तोडिने बताउनुभयो ।

‘काम गर्न ढिलाई भएको छ, अब यस क्षेत्रको सडक स्तरोन्नति गर्नका लागि सरकारले नै चैत मसान्तसम्मको समय सिमा दिएको छ, यो समयमा पनि निर्माण कम्पनीले काम गर्न सकेन भने कानुन अनुसार कारवाही हुन्छ, कारवाही गर्नु पूर्व ठेक्काको १० प्रतिशत हर्जना काट्ने र बैशाखाको १ गतेदेखि कालो सूचिमा पर्ने छ’ प्रमुख मरासिनीले भन्नुभयो ।

लोकमार्गको कुल १ हजार ७ सय ७६ किलोमिटर रहेकोमा बागलुङ खण्डमा मात्रै १ सय ४२ किलोमिटर पर्छ । जसमध्ये जम्मा ४६ किलोमिटर मात्रै सडक कालोपत्रे गर्न बाँकी भएको आयोजना कार्यालय प्रमुख मरासीनी बताउनुहुन्छ । बागलुङको लाइफलाइनको रुपमा जोडिएको सडक मध्ये २५ किलोमिटरको बागलुङ सदरमुकाम खण्ड दुई भागमा विभाजन गरेर ठेक्का भएको थियो ।

उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाधे खण्ड २०७२ माघ १० गते एमपी/एससिएफ/इसीसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *