आदर्श अनलाइन, बागलुङ
पोखराका पत्रकार दिदानाथ बराल भुस पोल्ने मेलाका अवसरमा बागलुङको ताराखोला गाउँपालिकाको अर्गल पुग्नुभयो । ताराखोलाको प्रमुख पर्व हो भुस पोल्ने पर्व । गण्डकी प्रदेशका धेरै घरबासको स्वाद चाख्नुभएको पत्रकार बरालले अर्गलको किकल्टा घरबासमा अलि फरक स्वाद लिएको प्रतिक्रिया दिनुभयो । बराललाई त्यहाँको संस्कृति, सिस्नोको परिकार र मार्सी चामालको भातले निकै लोभ्यायो ।
बराल मात्रै हैन पछिल्लो तिन वर्ष यता ताराखोलाको किकल्टा घरबास (होम–स्टे) पुग्ने पाहुँना अर्गानिक परिकारका स्वादले मनै लोभ्याएको प्रतिकृया दिनुहुन्छ । “अन्य घरबास भन्दा धेरै फरक लाग्यो, आयात गरेको खानाको परिकार शून्य थियो, सबै गाउँमा उत्पादन भएको रहेछ” पत्रकार बरालले भन्नुभयो “सोरठी नाँचले स्वागत गर्ने, मार्सी चामलको भात सिस्नोको फाडो संग खादा छुट्टै आनन्द आयो, साच्चिकै घरबासको आनन्द यहाँ रहेछ ।”
घरबासमा खासगरी अर्गानिक खानाका परिकारको स्वाद लिन र सांस्कृतिक परम्परा हेर्नका लागि आन्तरिक पर्यटकहरु घरबास पुग्ने भएपनि पछिल्लो समय घरबासहरु आयत सामाग्रीमा भर परेको जनगुनासो छ तर किकल्टामा बनाइएको सबै खानाका परिकार गाउँमै उत्पादन भएका थिए । पहिला घरबास अघि सामान्य रहेको अर्गल, घरबाँस सञ्चालन परिवर्तन भएको छ । ताराखोलाको स्थानीय ढुङ्गा टाँसेर चिटिक्क परेका घर र घर भित्र चिटिक्क परेका सफा कोठा र मिलेको गाउँले घरबासलाई पर्बद्धन गर्दै आएको छ ।
सिस्नोको फाँडो र मार्सी चामालको भात मात्रै हैन ताराखोलामा उत्पादित भाँगोको चटनी, मकैको पिठोबाट बनेको सेल रोटी, कोदोको ढिडो, लोकल कुखुराको मासु लगायतका परिकार घरबासको आर्कषण रहेको छ ।
यहाँका स्थानीय महिलाहरु घरबास सञ्चालन संगै आफ्नो दिन चर्यामा समेत परिवर्तन आएको बताउदै आएका छन् । घरबास सञ्चालन अघि बाजरबाट ल्याएको खाद्यन्न उपभोग गर्ने, गाउँमा उत्पादन भएको अर्गानिक कर्कलो, पिडालु तथा अन्य परिकार बारीमै कुहिने अवस्थामा रहेकोमा अहिले तिनै अर्गानिक खाद्यन्न पकाएर आम्दानी गर्दा यहाँका महिला दंग भएको किकल्टा सामुदायिक घरबास सञ्चालक समितिका अध्यक्ष फूलमाया रोकाले बताउनुभयो ।
“विशेषगरी महिलाहरुको बढी सहभागीता छ, पुरुषहरुले सहयोग गरिराख्नुभएको छ, म समेत दंग रहेको छु घरबासमा कोरोनापछि निकै पाहुना आइराख्नुभएको छ” अध्यक्ष रोकाले भन्नुभयो “बारीमा भएका पिडालु कर्कलो र पाखोमा भएको सिस्नो पाहुनाले रुचाउलान, आम्दानी होला भन्ने सोचेकै रहेनछौं, घरबासले हाम्रो सोचाइमा धेरै परिवर्तन आएको छ, यसमा प्रमुख देन ताराखोला गाउँपालिकाको समेत रहेको छ ।”
घरबास गाउँपालिकाको केन्द्र नजिकै रहेकाले समेत पाहुँनाको पहुँचमा रहेको छ । बामे सर्दै गरेको घरबासमा कोरोनाले केही समस्या ल्याएपनि अहिले पाहुँनमा बृद्धि भइरहेको रोकाको भनाई छ । तीन बर्ष अधि सात घरबाट सञ्चालनमा आएको किकल्टा घरबास अहिले पाहुँनाको चाप संगै घरबासको क्षमता समेत विस्तार गरी १० घर पु¥याइएको घरबास सञ्चालिका दिया श्रीस घर्ती मगरले बताउनुभयो ।
दिया घर्ती मगरका अनुसार पाहुँनालाई आरमका लागि कोठा र अर्गानिक परिकार खुवाउनुपर्ने तालिममा सहभागीका क्रममा थाहा पाएपछि खाना र कोठामा निकै सुधार गरिएको छ । “पाहुँनाको रुचाई अर्गानिक परिकार रहेछ, पहिला बजारको चामाल ल्याएर खाइन्थ्यो, यहाँको बारीमा फल्ने मार्सी चामाल लोप हुने अवस्था थियो, पिडालु बारीमै कुहिने अवस्था थियो तर अहिले घरबासका पाहुँनालाई खुवाउन उत्पादन बढाउदै लगेका छौं” घर्ती मगरले भन्नुभयो “अहिले घरबास सञ्चालकहरुले बारीमा मार्सी धान उत्पादन गर्न थालेका छौं, बारीको कान्लामा रहेको सिस्नो टिप्न थालेका छौं, बजारबाट सामानको आयत शुन्य बनाउदै लगेका छौं ।”
कोरोना संक्रमणको जोखिम कम हुँदै गएपछि ताराखोला गाउँपालिकामा सञ्चालित किकल्टा होमस्टेमा पाहुनाको लर्कोनै लाग्न थालेको छ । घरबासमा गाउँपालिकाका कर्मचारीहरुले समेत सुझाव दिदै आएका छन् । ताराखोला चिसो ठाउँ भएकाले त्या उत्पादन हुँने साग, मुला, गाँजर लगायतका फलफूल समेत अर्गानिक र स्वादिष्ट हुँने हुँनाले पाहुँनाको रोजाईमा किकल्टा घरबास पर्दै आएको छ ।
ताराखोलामा रहेको सोरठी नाँच पाहुँनाको मनोरञ्जनको माध्यम समेत बनेको छ । स्थानीय सन्जय रोकाका अनुसार घरबास भनेको के हो समेत थाहा नपाएका हामीलाई गाउँपालिका र प्रदेश सरकारले विभिन्न सहयोग गरेको र अहिले महिलाहरु आर्यआर्जनका लागि सफल भएको बताउनुभयो । महिलाहरुको मेहनत र गाउँपालिकाको साथका कारण घरबासमा पहुँनाको आगमन बढ्दै आएको छ । अहिले एक नम्बर घरमा सामुहिक खाना खाने, नाचगान गर्ने र १० घरमा बाँढिएर सुत्ने चलन घरबासको रहेको छ ।
शुरुमा गाउँपालिकाले घरबास प्रर्बद्धनका लागि रु. पाँच लाख दिएको र गण्डकी प्रदेश सरकारले रु. १० लाख दिएको थियो । त्यही सहयोगको जगमा अर्गल गाउँको घरबास अहिले यो अवस्थामा आएको छ । अहिले किकल्टामा एक रातमा ५० जना पाहुँना बस्न सक्ने क्षमता रहेको छ । घरबासका कारण स्थानीयको अर्गानिक खाना प्रतिको सोचाईमानै परिवर्तन आएको छ ।