कोवाङ-सौरु पुल : ठेक्का सम्झौता भयो,काम सुरु भएन

आदर्श अनलाइन, जोमसोम
मुस्ताङको थासाङ-२ अन्तर्गत कोवाङ -सौरु जोड्ने पुल नहँुदा त्यहाका स्थानीयले बर्षौदेखि सास्ती खेप्न बाध्य छन् । कालिगण्डकी नदीमा पुल नहुँदा सौरु र सिर्खमबासी गरी १ सय २० घरधुरीले बर्खायामको मौसममा जोखिम मोलेर खोला वारपार गर्नु पर्ने अवस्था छ ।
राष्ट्रिय गौरवको बेनी-जोमसोम मुख्य सडकको करिव ८ सय मिटर पूर्वतर्फ अवस्थित सौरु र सिर्खुमका स्थानीय कृषि र पशुपालनमा आश्रित छन् ।

त्यहाँका स्थानीयलाई बर्खायामको मौसममा कालिगण्डकी नदीमा पुल नहुँदा स्थानीय कृषि उपजको बजारिकरण ,दैनिक कामकाज र सेवा प्रदायक निकाय सम्म सेवा लिन समस्या पर्ने गरेको छ ।सौरु र सिर्खुमबासीलाई पुल नहँुदा कोवाङमा कार्यालय रहेको स्थानीय तहसम्म पुगेर सेवा लिन अप्ठ्यारो पर्ने गरेको छ ।सदिंयौं वर्ष पुरानो बस्ती रहेको सौरु र सिर्खुम गाउँका स्थानीय बर्खायाममा कि त जोखिम मोलेर कालिगण्डकी तर्नु पर्ने हुन्छ ,कि त ५ किलोमिटर पैदल हिडेर कोखेठाटी झोलुङ्गे पुल तर्नु पर्ने हुन्छ । त्यहा पुल हुन्थ्यो भने उनीहरु करिव १५ मिनेटमै गन्तब्यमा पुग्न सक्थे तर पुल नहुँदा ३ घण्टा हिडेर गन्तब्यमा पुग्नु पर्ने बाध्यता छ ।

हिउँदयाममा कालिगण्डकी नदी बहाव घटेर कम हुने हुँदा सहजै वारपार गर्न सकिने भएपनि बर्खायाम लागेपछि उनीहरुको दैनिक जिवन कष्ठकर बन्ने गरेको छ । यदी त्यस स्थानमा कोवाङ—सौरु जोड्ने पुल हुन्थ्यो भने १५ मिनेटमा वारपार गर्न सक्ने अवस्था रहन्थ्यो । सौरु र सिर्खुमबासीले हिउँदयाममा सबै गाउले मिलेर कालिगण्डकी नदीमा खोलो तर्न साँघो निर्माण गर्छन ,तर त्यो बर्खायामको कालिगण्डकी नदीको बाहवले बगाएर लगिदिन्छ ।कालिगण्डकीमा साँघो हाल्ने र बगाउन क्रम सदियौं वर्ष पुरानो हो ।

बर्खायाममा पुल बगाउँदा उनीहरुका लागि कोवाङ—सौरु आउजाउ गर्न बालिगण्डकी नदी बाधक बनिदिन्छ । २०६३ सालमा साविक जिल्ला विकास समिति, स्थानीय श्रोतसाधन र श्रमदानबाट कालिगण्डकी नदीमा डेढ दर्जन कंक्रिट पिल्लर उठाएर पैदल हिड्न मिल्ने पुल निर्माण गर्दै गर्दाको अवस्थामा त्यसलाई कालिगण्डकी बहावले बगाईदिएको थियो ।तत्कालिन जिविसका प्राविधिक ईन्जिनीयरले बैज्ञानिक तथा त्यहाको भौगर्मिक अध्ययन नगरी पुल निर्माण गर्दा पुल सम्पन्न नहँुदै नदीले पुल बगाईदिए पछि सौरु र सिर्खुमबासी निराश बनेका थिए ।

मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनको पहलमा २०७७ सालमा कोवाङ—सौरु जोड्ने सस्पेन्सन ब्रीज डिभिजन मार्फत पुलको योजना प¥यो । कालिगण्डकी नदीमा निर्माण हुने झन्डै ५ सय ७० मिटर लामो पुलको ठेक्का सम्झौता तत्कालिन समयमा सस्पेन्स ब्रीज डिभिजन कार्यालय काठमान्डौंले गराएको थियो । कोवाङ—सौरु जोड्ने कालिगण्डकी नदीमा निर्माण हुने पुलको ठेक्का सम्झौता ईलाईट रुविना जेभीले गरेको थियो झन्डै ५ करोड लागतमा निर्माण हुने पुलको ठेक्का सभ्झौता भएको डेढ वर्ष बितिसक्दा समेत पुलको काम सुरुनै हुन सकेको छैन ।पुलको सम्झौता अवधि ३० महिनाको रहेपनि सौरु र सिर्खुमबासीलाई पुल बन्नेमा अझै विश्वस्त हुन सकेका छैनन् ।

कोवाङ—सौरु जोड्ने सस्पेन्सन ब्रीज निर्माणका कन्ट्रक्सन निर्देशन जयदेव थापाले कोरोना माहामारीका कारण निर्माणको काम सुरु हुन नसकेको बताए । यद्यपी कोरोना माहामारीको अवस्थामा समेत मुस्ताङका ५ वटै स्थानीय तहमा संघ÷प्रदेश र स्थानीय तहका विकास योजनाहरुको काम भईरहेको थियो ।

कोभिडको बेला पनि सो कन्ट्रक्सनले अन्य स्थानमा जिम्मा लिएको पुलको काम गरेको भएपनि मुस्ताङमा पुलको काम सुरुनै गरेन । थासाङ—२ का वडाध्यक्ष नरप्रसाद हिराचनले कोभिडको बहानामा कन्ट्रक्सनले पुल निर्माणको काममा ढिलासुस्ती गरेको बताए । यता कन्ट्रक्सनका निर्देशक थापाले कोभिडले रोकिएको पुल निर्माणको कामलाई अव सुचारु गर्ने जानकारी दिए ।‘ ठेक्का सम्झौता भएपनि कोभिडका कारण काम गर्न पाएनौं,उनले भने,‘ अब भने काम गर्ने वातावरण बनेको छ ,जनशक्ति,उपकरण र मेट्रियल फिल्डमा पठाउँदैछौं ।

यता, संस्पेन्सन ब्रीज डिभिजन कार्यालयका सिनियर डिभिजनल ईन्जिनीयर गौरीकुमार श्रेष्ठले लामो समयसम्म पनि पुलको काम सुरु नभएको र अब छट पर्व सकिएको १५ दिनभित्र काममा नफर्किएर कन्ट्रक्सनलाई कारबाहीको प्रक्रियामा लैजाने जानकारी दिए ।उनले सो स्थानमा काम नभएको जानकारी प्राप्त भएको र ठेकेदारलाई राखेर आफुहरुले पटक÷पटक छलफल गराईएको उल्लेख गरे । उनले कन्ट्रक्सनलाई अझै फलो अफ गर्दै गरेको बताए । ठेकेदार कम्पनीले काम नगरे कानुनी प्रक्रियामा लैजाने जनाए ।‘ अझै काम नभएमा बैंक ग्यारेन्टी तान्ने र ठेक्का सम्झौता ताड्ने हो,उनले भने, अब कोभिडको बहानामा विकासको कामलाई अवरोध गर्न हुदैन । ’उनले सो कन्ट्रक्सनले जिम्मा लिएको अरु साईटको काम भईरहेपनि मुस्ताङको कामलाई बेवास्ता गरेको बताए ।

मुस्ताङको थासाङ-२ कोवाङ-सौरु जोड्ने सस्पेन्सन ब्रीजको काम ठेक्का सम्झौता भएर पनि कुनै काम हुन नसकेको संघीय सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए । उनले कोभिडका कारण निर्माण कम्पनी र ठेकेदारले विकासको कामलाई अवरोध पू¥याएको जनाए । ‘अब यो वा त्यो बहानाबाजी चल्दैन ,कन्ट्रक्सन फिल्डमा आएर तुरुन्तै काम थाल्नु प¥यो,संघीय सांसद तुलाचनले भने,‘ पुलको काम सुरु नहुदा जन आक्रोश बढेको छ,काम गर्न नसकेमा कन्ट्रक्सनको ठेक्का सम्झौता रद्द गरी नयाँ प्रोसेसमा जानुपर्छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *