कांग्रेसको १४ औँ महाधिवेशन : बागलुङका चार वटै प्रदेश क्षेत्रमा निर्वाचन हुने संभावना

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगतको प्रदेश क्षेत्रको अधिवेशन शुक्रबारबाट सुरु भएको छ । जस अन्तर गत बागलुङका ४ वटै प्रदेश क्षेत्रमा अधिवेशनको उद्घाटन भएको छ ।
अन्र्तगत बागलुङमा प्रदेश क्षेत्रको अधिबेशन शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार जिल्लाका चारवटै प्रदेश क्षेत्रमा अधिबेशनको उद्घाटन तथा उम्मेदवारी दर्ताको काम सकिएको मुख्य निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ ।

बागलुङ क्षेत्र नम्बर १ (क) को अधिवेशनलाई सम्बोधन गर्दै कांग्रेसकी केन्द्रीय सदस्य रत्ना शेरचनले मुलुक परिवर्तनका लागि कांग्रेसको विकल्प नभएको बताउनुभयो । राज्यलाई सही गतिमा लैजान कांग्रेसले मात्रै सक्ने जिकिर गर्नुभयो ।

लोकतान्त्रीक पक्रिया मार्फत नै सबै क्षेत्रमा नेतृत्व चयन हुने भन्दै शेरचनले देशमा लोकतन्त्रको रक्षा गर्न कांग्रेस अझ शसक्त हुनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा कांग्रेस बागलुङका सभापति दीपेन्द्र बहादुर थापा, गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेल लगायतले कांग्रेसलाई बलियो बनाउन सक्ने नेतृत्व चयन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

बागलुङका चार वटै प्रदेश क्षेत्रमा नेतृत्व चयनका लागि निर्वाचन नै हुने सभावना प्रवल देखिन्छ । मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद शर्माका अनुसार प्रदेश क्षेत्रीय समितिका सदस्य तथा पदाधिकारी धेरैले उम्मेदवारी दिएको हुँदा निर्वाचननै हुने पक्कापक्की जस्तै भएको छ ।

प्रत्येक क्षेत्रबाट १७ जना प्रदेश महाधिवेशन प्रतिनिधिमा छानोट हुन पाउने व्यवस्था छ । जसमा तीन जना महिला अनिवार्य हुनेगरी १० जना खुल्ला र बाँकी ७ जना सदस्य संख्याका आधारमा समानुपातिक प्रतिनिधि हुनपाउने कांग्रेको विधानमा उल्लेख छ ।

चारवटै प्रदेश निर्वाचन क्षेत्रमा ३४ जनाभन्दा धेरैको उम्मेदवारी दर्ता भएको शर्माले जानकारी दिनुभयो । बागलुङ क्षेत्र नम्बर १ (क)मा सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको छ । उपसभापति, सचिव र सह–सचिवका लागि ४/४ जनाको उमेद्वारी दर्ता भएको निर्वाचन अधिकृत अखिलनाथ शर्माले जानकारी दिनुभयो ।

खुल्ला, महिला, जनजाती र दलित सदस्य गरी १७ जनाका लागि ३४ जनाको उम्मेदवारी परेको छ । प्रदेश महाधिवेशन प्रतिनिधिमा १७ जनाका लागि ३४ जनाको उम्मेदवारी परेको शर्माले बताउनुभयो । क्षेत्र नम्बर १ (ख) मा सभापतिका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । उप–सभापतिमा ३, सचिव र सह–सचिवमा ४/४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

सदस्य तथा प्रदेश महाधिवेशन प्रतिनिधिका लागि ३४ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत तिलक आचार्यले जानकारी दिनुभयो । त्यस्तै बागलुङ क्षेत्र नम्बर २ (क) मा सबै पदका लागि ४१ जनाको उम्मेदवारी दर्ता भएको छ । महाधिवेशन प्रतिनिधिका लागि ३४, सभापतिमा २ र सहसचिवमा ३ जनाको उम्मेदवारी परेको छ ।

उप–सभापति र सचिवमा निर्विरोध निर्वाचित भए भने केही सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत सरिता केसीले जानकारी दिनुभयो । तर उम्मेदवारी फिर्ताको समय बाँकी रहेको भन्दै निर्विरोध हुनेको नाम निर्वाचन समितिले दिएको छैन । क्षेत्र नम्बर २ (ख)मा पनि मनोनयन दर्ता जारी रहेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *