धम्जामा आदर्श सञ्चारको सदस्य भेटौ सदस्य सुनौ कार्यक्रम

आदर्श अनलाइन, बागलुङ
सहकारीका सदस्यहरुसंग भेटघाट गरी उनीहरुले सञ्चालन गरेका व्यवसायहरुको बारेमा जानकारी लिने, संस्थाले सञ्चालन गरेको योजना तथा कार्यक्रमहरुका बारेमा उनीहरुको सुझाव तथा आलोचना सुनेर थप व्यवस्थित योजना बनाउने लक्ष्यका साथ आदर्श सञ्चार सहकारी संस्थाले सदस्य भेटौ, सदस्य सुनौ अभियान सञ्चालन गरेको छ ।

संस्थाको गत वर्ष सम्पन्न १४ औ वार्षिक साधारणसभाबाट पारित सदस्य भेटौ, सदस्य सुनौ अभियान अन्तरगत संस्थाले नियमित रुपमा सदस्यहरुका बीचमा गई सुझाव संकलन गर्ने, उनीहरुले सञ्चालन गरेका व्यवसायको बारेमा जानकारी लिने र उत्कृष्ट रुपमा सञ्चालित व्यवसायहरुलाई संस्थाले सञ्चालन गरेको सञ्चारमाध्यममार्फत समुदायमा पु¥याउने काम गर्दै आएको संस्थाले जनाएको छ ।

संस्थाले सञ्चालन गरेको सदस्य भेटौ सदस्य सुनौ अभियान अन्तरगत शुक्रवार काठेखोला गाउँपालिका वडा नं. ३ धम्जामा सदस्यहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारी भनेको सदस्यहरुको सहभागितामा मात्रै सफल हुने व्यवसाय भएकाले सदस्यहरुलाई संस्थाका बारेमा सचेतना जरुरी रहेको बताउनुभयो ।

सहकारीका सदस्यहरुले नाफा कति दियो भन्दा पनि संस्थाले सेवामुखी कार्यक्रम कसरी सञ्चालन गरेको छ भन्ने बुझ्न जरुरी रहेको र संस्थाले सदस्यको चाहना अनुसार योजना बनाएर काम गर्न सकेमा मात्रै सहकारीको अवधारणा सफल उहाँको भनाइ थियो ।

प्रत्येक सदस्यलाई सहकारी संस्था मेरो हो र मैले सस्थाको हितमा काम नगर्दासम्म सस्था सफल हुदैन भन्ने भावना विकास गराउन सहकारीहरुले सदस्य शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्दछ, जिसीले भन्नुभयो, साधारणसभामा नाफा कति बाड्यो भन्ने आधारमा नभई सहकारीको मर्म, भावना, उद्देश्य, सिद्धान्तका आधारमा सञ्चालित छ कि छैन ? भन्ने कुरामा ध्यान दिन सकेमा सहकारीमार्फत समाज रुपान्तरणमा थप योगदान गर्न सकिन्छ ।

कार्यक्रममा लक्ष्मी मावि धम्जाका प्रधानाध्यापक गोविन्द बहादुर भण्डारीले सहकारीहरुले सदस्यका समस्यामा साथ दिनुका साथै प्रविधिमैत्री सेवा दिनेतर्फ लाग्नु पर्नेमा जोड दिनुभयो । सामुदायिक स्वास्थ्य केन्द्र धम्जाका प्रमुख लोक बहादुर भण्डारीले सदस्यहरुको भावना, चाहना र आवश्यकताका आधारमा नीति निर्माण गरेर काम गर्न सकेमा सहकारीहरुले थप सफलता प्राप्न गर्न सक्ने बताउनुभयो ।

कार्यक्रम आदर्श सञ्चार सहकारी संस्था लिमिटेड वडा समन्वय उपसमिति धम्जाका संयोजक शान्ति भण्डारीको अध्यक्षता र सचिव बाबुराम भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले धम्जामा सदस्य विस्तार अभियानलाई थप प्रभावकारी बनाउदै दैनिक कारोबार सञ्चालन गर्ने तयारी गरेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो । आदर्श सञ्चार सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा आगामी मसिर १८ गतेदेखि एकाईगत रुपमा आयोजना गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *