प्रेरक पाइला: सवारी सँगै व्यवसाय हाँक्दै मिना

साधना पन्त, बागलुङ

गाउँका अधिकांश महिलाहरु चुलो, चौका, भान्सा, भैसी, भकारोमै सीमित छन् । केही महिलाहरु मात्रै उच्च पदस्थ कर्मचारी र आफूलाई दक्षता हासिल गर्दै व्यवसायमा लागि परेको पाइन्छ । सहर बजारका महिलाहरु समेत घर व्यवहारमानै सीमित भएको देख्न सकिन्छ ।

अधिकांश महिलाहरुलाई सीमित पेशा र व्यवसयमा मात्रै देख्न पाइने भएपनि केही महिलाहरु भने पुरुषभन्दा अब्बल सावित देखिन्छन् । सीमित महिलाहरु मात्रै आफूलाई पुरुषभन्दा अब्बल रुपमा सावित गर्न सफल भएका हुन्छन् त केही महिलाहरु पुरुषप्रधान समाजका कारण चाहेर समेत कार्य क्षमता बढाउन सकिरहेका छैनन् । कारण सामाजिक बन्धन, प्रतिष्ठा र घर व्यवहार ।
अहिले नेपालका ठूला–ठूला सहरमा केही महिलाहरुले आफूलाई सहजताको लागि स्कुटर, बाइक तथा कार चलाउने गर्दछन् भने सीमित महिलाहरुले आर्यआर्जनको लागि समेत सवारी साधान चलाउदै आएका छन् । बागलुङमा व्यवसायीक प्रायोजनका लागि महिलाहरुले कमै मात्र सवारीसाधन चलाउदै आएका छन् । ति महिलाहरुमध्ये आय आर्जनका लागि लामो समयदेखि बागलुङ बजारमा गाडी चलाएर खानेपानीको व्यापार गर्दै आउनुभएको छ बागलुङ बजारकी मिना सापकोटा कार्की ।

No description available.

मिनाले गाडी विलासीताको जीवन बिताउनको लागि नभएर आर्यआर्जन गरि परिवार पालनका लागि चलाउदै आउनुभएको छ । ३४ वर्षीया मिनाले जीवनमा धेरै उताव चडावहरु भोगेको अनुभव सुनाउनुहुन्छ । तर अहिले कार्कीको परिवार पानी व्यापारका लागि सफल र चर्चित छ । गलकोट नगरपालिका वडा नम्बर २ मल्ममा ४ दाजुभई, २ दिदी १ बहिनीकी साईली छोरी हुन् मिना ।
२४ वर्षको उमेरमा गुमानसिंह कार्कीसंग अन्तरजातीय प्रेम विवाह गर्नुभएको थियो । घरबाट कर्म घर खोज्दै कपिलवस्तु पुगेकी मिनाले श्रीमानको परिवारबाट कहिलै साथ पाउनुभएन तर उहाँले हिम्मत भने कहिलै हार्नुभएन ।

अहिले मिना पानीको व्यावसायीक रुपमा एउटा सफलताको उचाइमा पुग्नुभइसकेको छ । एस.एल.सी पास गर्नुभएको मिनाले कक्षा १२ चितवनमा अध्ययन गर्नुभएको थियो तर उहाँलाई किताबका पानाले भन्दा भोगाईले धेरै कुरा सिकाएको छ । माइतीमा धेरै दिदीभाई भएता पनि कहिलै खाना लाउनमा दुख नपाएकी मिनालाई घरमा भने सोचे जस्तो भएन् । श्रीमानका बुबाआमा आफ्नो बुबाआमा भनेर बसेकी मिनालाई विवाह गरेको १ वर्षमा थाहा भयो कि श्रीमानका बुबाआमा त अरुनै रहेछन् ।

विवाह गरेर गएको घर आफ्नो रहेनछ । मिना भन्नुहुन्छ “आफ्नो श्रीमानलाई पालेर हुर्काएर त्यो अवस्था सम्म ल्याएका बुबाआमा आफ्ना नभएपनि माया कम त कहाँ हुन्थ्यो र तर, धन सम्पतीको मुख कालो हुदो रहेछ, धन सम्पतीले परिवारमा मनमुटाव सुरु भयो ।”

No description available.

विवाह गरेर कपिलवस्तु गएकी मिना श्रीमानको घर काठमण्डौ ठमेलमा होटल गर्नको लागि जानुभयो । २०६४ सालमा मिनाले पहिलो सन्तान छोरीलाई जन्म दिनुभयो । मिनामाथी थप जिम्मेवारी थपिँदै गयो । अनि परिवारसँग काठमान्डौमा होटल चलाउदै बसेकी मिनाले विदेश जाने योजना बनाएको बताउनुहुन्छ । आएल्स गरेर युके जाने तयारी गर्नुभएकी कार्कीलाई जेठाजुले जापान जाने भनेर नगएकी मिनाको जिवनमा नयाँ मोड लियो । धन सम्पतीका लागि मिनालाई तनाव दिन सुरु गरियो, श्रीमानलाई जेलमा हालियो ।

दिनरात श्रीमान र आफुलाई मार्ने धम्की आउन थाल्यो । मिनाले त्यो समय सम्झदै भन्नुभयो “निकै कठिन परिस्थिती थियो, श्रीमान जेल परेपछि बल्ल मलाई थाहा भयो आफु फेरी गर्भवती भएको, जेठाजुले सम्पती नदिने भनेर विभिन्न कारणले मलाई र श्रीमानलाई अदालतमा मुद्धा हाल्नु भएको रहेछ ।”

मिना भन्नुहुन्छ “जेठाजुले श्रीमान जेलमा भएको समयमा पटक÷पटक याताना दिनु हुन्थ्यो, पटक–पटक चौकी जनु पर्दथ्यो ।” पेटमा ३ महिनाको बच्चा थियो, डाक्टरले बच्चा राम्रो छईना फाल्नुहोस भनेर सुझब सल्लाह दिनुहुन्थ्यो, माइती र घरकाले पनि बच्चा फाल्न दबाव दिनुभएको थियो । आफ्नो बच्चालाई यो सन्सारमा जसरी भए पनि ल्याउनु छ भनेर मिना २०६७ सालमा १ जोर लुगा र ४ वर्षको छोरीलाई लिएर घरबाट भागेको बताउनुहुन्छ । घरबाट भागेर ३ महिना लुकेर बच्चा जन्माई बाहिर आएर २२ दिन जेल बसेको मिनाले बताउनुभयो ।

मिनाको जेठाजुले सम्पत्तीकै कारण विभिन्न नाममा आफु र आफ्नो श्रीमानलाई मुदा हालेर दुखा दिएपछि मिनाको श्रीमानलाई मुटु सम्बन्धी समस्या आएको मिनाले बताउनुहुन्छ । अन्तरजातिय विवाह गरेकी मिनालाई पहिला माइतीमा राम्रो नगरे पनि घरबाट निक्लेर माइतीमा आउनु प¥यो । माइतीमा आउदाको साल बुबाको मृत्यु भयो, श्रीमानलाई मुटुको अप्रेसन गर्नुपर्ने भयो । माइतीसंग पैसा मागेर श्रीमानको उपचार गरेको मिना बताउनुहुन्छ ।

मिना भन्नुहुन्छ “छोरा छोरी र श्रीमानको जिम्मेवारी आफ्नो काधमा आएको थियो तर, के गर्ने कुनै मेसो थिएन् त्यो समयमा माईतिले चलाउदै आएको होटल माउन्ट भ्यूलाई चलाएर बाल बच्चा पाल्न भनेपछि मैले होटल चलाउदै आए ।”

No description available.

सुरुमा होटल सञ्चालनमा समेत समस्या भएको सुनाउनुहुनछ मिना । होटल चलाएर गुजारा चलाएका मिना र गुमानसिंहले २०७० सालमा होटलमा आउने नियमीत ग्रहाक संग १० हजार ऋिण लिएर पानिको बेच्न सुरु गरेको बताउनुभयो । माइतिमा पहिला केही दुख नगरेको घरमा गएर मानसिक तनाब भएता पनि आर्थिक समस्या त्यती नभएको मिनाले सम्झदै भन्नुभयो “काठमाण्डौं जादा गाडीमा समस्या भएरे पेलेनमा जाने म त्यो समयमा श्रीमानले रेक्सामा पानी बेच्न गएको देख्दा ढोका बन्द गरेर रुने गरेको उहाँको भनाई छ । पछी बिस्तारै बानी पर्दै गयो,श्रीमान संगै रेक्सामा आफू समेत पानी बेच्ने काममा निस्किए । बिस्तारै पानीको माग बढी भएपछि व्यापार बढाएको मिनाले बताउनु हुन्छ । अहिले कालिका मिनिरलबाटको बागलुङको सबैभन्दा ठूलो डिलरका रुपमा आफूलाई कार्की दम्पतीले स्थापित गरिसक्नुभएको छ ।

कुनैदिन पेट पाल्न समस्या भएका कार्की दम्पतीले अहिले ५ जनालाई रोजगारी समेत दिनुभएको छ । सुरु १० हजार बाट गरेको पानी व्यापार अहिले रु.१ करोडको लगानी गरेका मिनाको भनाई छ । पानीको व्यापारबाट महिनाको डेढ लाख भन्दा बढी कमाई हुनेगरेको छ । पानी विक्रि गर्नका लागि कार्की दम्पतीका आफ्नै पाँच सवाी साधन रहेको छ । जसमध्ये एउटा सवारी मिना कार्किले चलाएर घर–घरमा पानी पु¥याउदै आउनुभएको छ ।

जीवनमा धेरै कुरा भोग्नुभएको मिनाले दुखद क्षण सकिएर पछि सुखद क्षण आउने कुरा सुनाउनुभयो । महिला भएर पानीको सवारी चलाउदा धेरै मानिसहरुले आर्चय मानेरे हेर्नै गरेको उहाँको भनाई छ । ‘महिला भएका कारण कति पटक हेपिएको पनि छु र महिला भएका कारण धेरै ठाउँमा माया पनि पाएकी छु” मिना भन्नुहुन्छ “कहिले काही रमाईलो लाग्छ बाटोमा गाडी चलाएर पानी बेच्न जादा ला केटा भनेको त केटी पो रहेछ भनेर सुन्दा ।”

No description available.

“सधै विहानै ३ बजे उठ्छु, पानी भर्ने काम सुरु गर्दछु,एक छिन यतीकै बस्नै मन लाग्दैन्, कुखुरा पनि पालेकी छु” मिना भन्नुहुन्छ “दुख पाएका काम नपाएकालाई काममा राख्ने गर्दछु ।” आफुले काम खोज्दा काम नपाएको काहानी सुनाउदै मिनाले भाबुक हुदै भन्नुभयो “दुखमा साथ दिने कोही हुदैन्, मेरो परिवारमा समस्या आउदा आफ्नो आफान्तको घरमा काम माग्दा काम नदिएको भन्दै आफुले सधै कामको आवश्यकता भएका मानिसलाई काममा राख्दै आएकी छु ।”

अहिले बागलुङ बजारमा ४०० सय पानीका ग्रहाक रहेको भन्दै आगामी दिनमा अझै थप व्यवस्थापन गरेर बागलुङ बजारमा स्वच्छ र सफा पिउने पानी बागलुङवासीलाई पिलाउने योजना रहेको बताउनु हुन्छ । घरमा श्रीमानको स्वास्थ्यमा समस्या भएका कारणले आफुनै घर परिवारको अभिभावक भएका कारणले सवै खालको काम एक्लै गर्ने मिना बताउनुहुन्छ । मिनालाई सफलता बनाउनुमा श्रीमान कार्कीको ठूलो हात रहेको छ ।

महिलाले श्रीमान र घर परिवारको आसमा बस्नु भन्दा केही न केही गरेर आफ्नो क्षमता प्रस्तुत गर्दा आफु र आफ्नो परिवारलाई केही न केही तरिकाबाट सहयोग हुने भन्दै सबै महिलाहरु घरमा मात्रै सीमित नहुँन आग्रह गर्नुभयो । उहाँले हिम्मत लिएर काम गरे सबै काममा सफल भइने बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *