सुन्तलामा औँसा ! बोटबाटै सुन्तला झर्दा किसान निराश

कमल खत्री, म्याग्दी

जिल्लाको बिभिन्न स्थानलमा सुन्तला खेती गरेका कृषकहरु बोटबाटै सुन्तला झर्न थालेपछि अहिले समस्यामा परेका छन् ।

बेनी नगरपालिकाको अधिकाँश ठाउँमा सुन्तला झर्ने समस्या महामारीकै रुपमा देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रहेको सुन्तला जोन सञ्चालक समितिका संयोजक खिमबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार परियोजनाले समेटिएको म्याग्दीको बेनी नगरपालिका सहित, मंगला, मालिका, रघुगंगा र अन्नपूर्ण, पर्वतको जलजला, बाग्लुङको काठेखोला गाउँपालिका र बाग्लुङ नगरपालिकामा समेत बोटबाटै अस्वभाविक रुपमा सुन्तला झर्ने समस्या बढेको पाइएको छ ।

‘सुन्तलाको व्यवसायीकरणमा जोड दिइरहेको समयमा फलेका फलहरु नै झर्ने समस्याले अत्यन्तै चिन्तीत बनाएको छ, तत्काललाई झरेका फलको व्यवस्थित व्यवस्थापनमा सचेत रहन कृषकहरुलाई अनुरोध गरेका छौँ’’ संयोजक पुनले भन्नुभयो।

भकिम्लीसँगै बेग, दोसल्ले बाग्लुङको सिंगाना, बिउँ, पर्वतको वाँसखर्क, नाइलीवाङ्ग, वनौँ लगायतका ठाउँमा सुन्तला कुहाउने औँसाको प्रकोप बढेको छ ।

पुर्वतिर बढी फैलिएको ‘व्याक्ट्रोसेरा मिनाक्स’ नामको किराको संक्रमण म्याग्दीसँगै बाग्लुङ र पर्वतका सुन्तला जात फलफुल खेतीमा समेत देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईका बरिष्ठ कृषि अधिकृत सुर्यप्रसाद बरालले आदर्श अनलाइनलाई जानकारी दिनुभयो । ‘‘
सुन्तला टिप्ने तयारी नहुँदै बोटबाट सुन्तला झरिरहेको छ, हामीले स्थलगत रुपमा बगैचा निरिक्षण गरि प्रकोप व्यवस्थापनका उपाएहरुबारे कृषकहरुलाई जानकारी गराउन थालेका छाँै, यसको नियन्त्रणमा अन्य सरोकारवालाबाट समेत पहल हुन जरुरी छ’’–इकाईका प्रमुख समेत रहेका बरिष्ठ कृषि अधिकृत बरालले भन्नुभयो ।

उहाँका अनुसार, सुन्तला, जुनार, मौसम, भोगटे, निबुवा, बिमिरो, कागती, ज्यामिर लगायतका फलफुलमा यो रोगको संक्रमण फैलिएको छ । बोटबाट रोग संक्रमित भएर झरेका फलमा हुने औँसाका लार्भाहरु माटोभित्र जाने खतरा हुने र यसको प्रकोप नियन्त्रण बाहिर जान सक्ने खतरा रहेकाले झरेका फलको व्यवस्थित व्यवस्थापन र नष्ट गर्न आबश्यक रहेको प्रमुख बरालले बताउनुभयो ।

कार्यालयले कृषकहरुलाई झरेका कीरा संक्रमित फलहरु बाक्लो प्लाष्टिकको थैलोमा जम्मा गरि थैलोको मुख हावा नछिर्ने गरि बन्द गरि त्यसमा रहेका औँसाका लार्भा मार्ने कार्यमा जुट्न आह्वान गरेको छ । बोटबाटै सुन्तला रोगग्रस्त भएर झर्न थालेपछि कृषकहरुले लाखौँको क्षति व्यहोर्नुपरेको गुनासो गरेका छन् ।

महामारीकै रुपमा सुन्तला खेतिमा फैलिएको औँसाको नियन्त्रण एक÷दुई जना कृषकहरुले मात्रै गरेर सम्भव नहुने भएकाले फल कुहिएर झर्ने समस्या देखिएको सबै बगैँचाहरुमा अभियानकै रुपमा नियन्त्रण अभियान सञ्चालन गर्नुपर्ने देखिएको छ । कार्यालयले तालिम र स्थलगत प्रशिक्षण मार्फत कृषकहरुलाई रोगबारे सचेत गराएपनि एकिकृत रुपमा रोग नियन्त्रणको अभियान सञ्चालन नहुँदा रोग नियन्त्रण प्रभाबकारी बन्न सकेको छैन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *