माओवादी प्रति जनताको आकर्षण बढेको छ : प्रचण्ड

आदर्श अनलाइन दोहा, कतार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुन एकपटक माओवादी प्रति जनताको आकर्षण बढेको बताउनुभएको छ ।

नेपाली जनप्रगतिशील मञ्च कतारको पाचौं अधिवेशनको शुक्रबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दे प्रचण्डले पछिल्ला राजनैतिक घटना क्रममा देश र जनताको पक्षमा माओवादीले लिएको अडानको कारण माओवादी प्रती आकर्षण बढेर पुनः एक पटक २०६४ को अबस्थामा पुग्न लागेको बताउनुभयो ।

प्रतिगमनलाई परास्त गर्दे देशलाई प्रगति तर्फ लैजाने क्रम शुरु भएको भन्दै प्रचण्डले देशलाई प्रगति तर्फ लैजान पुनः एक पटक माओवादीको नेतृत्व आवश्यक रहेको बताउनुभयो । प्रचण्डले प्रतिक्रियावादी र प्रतिगमनकारीले जनतालाई केहि समय भ्रमित गर्ने प्रयाश गरे पनि आम उत्पीडित वर्गको पक्षमा काम गर्ने माओवादी नै रहेको बताउनुभयो ।

हिमाल, पहाड, तराई सबैतिर आकर्षण देखिएको र हालसम्म ८ लाख बढी संगठित सदस्य भैसकेको र केही दिनमा १० लाख पुग्ने भन्दै उहाँले आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनबाट पार्टी थप सुदृढ भएर अगाडी बढ्ने बताउनुभयो ।

पुर्व प्रधानमन्त्री समेत रहनु भएका प्रचण्डले बिदेशमा सिकेको सीप र आर्जन गरेको पूँजीलाई सदुपयोग गर्दै नेपालमै रोजगारीको सिर्जना, समृद्धि र समाजवादको नयाँ मोडल बनाउने कार्यमा पनि पार्टी लागिपर्ने बताउनुभयो । प्रचण्डले देश÷बिदेशमा रहेका सबै नेपालीले चासो राखेको एमसीसी माथी उठेका प्रश्नहरुको हल नभएसम्म पारित हुन नसक्ने बताउनुभयो । उहाले आफूहरु अमेरिकी सहयोगको पक्षमा भएपनि एमसिसि माथी उठेका प्रश्नहरुको हल भने खोजिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितीका अध्यक्ष ओम शर्माले जलविद्युत तथा उत्पादन शिल क्षेत्रमा लगानीको लागि आईपियो मार्फत मध्यपुर्वका मजदुरलाई सुविधा दिनुपर्ने बताउनुभयो । प्रवास कमिटी सदैव मजदुरको पक्षमा काम गर्ने भन्दै मजदुर माथी आइलाग्ने कानुनी तथा अन्य सहयोगको लागि सदैव तयार रहेको बताउनुभयो ।

नेपाली जनप्रगतिशील मञ्च पाँचौ अधिवेशन आयोजक समितीका अध्यक्ष रकमध्वज राइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्चका मध्यपुर्व संयोजक शनी कुमार वली, सचीव हरि नेपाली, गैरआवासीय नेपाली संघका सचीव राजेन्द्र कुमार शर्मा, गैरआवासीय नेपाली संघ मध्यपुर्व संयोजक प्रवीण गुरुङ, गैरआवासीय नेपाली संघ मध्यपुर्व क्षेत्रीय समितिका युवा संयोजक राज रेग्मी, नेपाली काङ्ग्रेसको केन्द्रिय सूचना तथा संचार बिभागका सदस्य बिमल सुवेदी, गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, गैरआवासीय नेपाली संघका आइसिसी सदस्य केवि हमाल, नेपाली जनसम्पर्क समिती कतारका महामन्त्री केदार भुसाल, प्रवासी नेपाली मन्च कतारका उपाध्यक्ष जिया बाबू खान, प्रवासी नेपाली एकता मन्च कतारका अध्यक्ष रामहरी गैरे, नेपाली समाज कतारका उपाध्यक्ष कमलेश महतो, नेपाली जनप्रगतिशील मोर्चा कतार महासचिव रविन पुन मगर, संघीय लिम्बुवान सामाजिक मंचका वरिष्ठ उपाध्यक्ष डम्बर लिवाङ, नेपाल पत्रकार महासंघ कतार शाखा अध्यक्ष करिम बकस मिया, नेपाल आदिवासी जनजाति महासङ्गका अध्यक्ष पुरुषोत्तम सुनुवार, नेपाली महिला समाज कतारका अध्यक्ष सरिता भण्डारी, गैरआवासीय नेपाली संघ कतारका निर्वतमान प्रथम उपाध्यक्ष उत्तम गुरुङ, गण्डकी प्रदेश समन्वय परिषदका अध्यक्ष राकेश श्रेष्ठ लगाएतले बोल्नुभएको थियो । कार्यक्रम नेपाली जनप्रगतिशील मञ्च कतारका निवर्तमान कोषाध्यक्ष बुद्धि प्रसाद भण्डारीले स्वागत र सचीव मोहन कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

अधिवेशनले बुद्धि प्रसाद भणडरीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको छ । समितीको वरिष्ठ उपाध्यक्ष्मा राजेन्द्र देवकोटा, उपाध्यक्षमा उत्तम गुरुङ, उपाध्यक्षमा मोहम्मद सद्धाम हुसेन, उपाध्यक्षमा कृष्ण परियार, उपाध्यक्षमा दुर्गा पासवान, महासचिवमा माहमुद कार्वा, सचीवमा शेष सहनवाज आलम (प्रवेज), सचीवमा उत्तर बहादुर रोका, सचीवमा दिपक भट्टराई, कोषाध्यक्षमा अमृत गौतम (टिकाराम), सह–कोषाध्यक्षमा शुनिल चौधरी, यूवा संयोजकमा नेत्रप्रसाद आचार्य, महिला संयोजकमा अम्बिका गौतम, अनुशासन समिति संयोजकमा श्री पुष्प लम्साल, सदस्यमा डिलराम गुरुङ, सदस्यमा मोहम्मद बशुरुदिन, लेखा समिती संयोजकमा रुद्र शर्मा, सदस्यमा सन्जिव दाहाल र सदस्यमा बसिर नदबी चयन हुनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *