मुल्य वृद्धिको विरोधमा सडकमा उत्रियो अनेरास्ववियु बागलुङ


–आदर्श अनलाइन, बागलुङ

पेट्रोलियम पदार्थ र खाना बनाउने ग्यासको मुल्य बृद्धिको बिरोधमा अनेरास्ववियु बागलुङले शनिबार बिरोध प्रर्दशन गरेको छ ।

खाना बनाउने एलपी ग्यास, पेट्रोल र डिजेलको मुल्य अस्वभाविक रुपमा बढाएको भन्दै टाउकोमा कालोपट्टी बाँधेर खाली ग्यासका सिलिण्डर सहित बागलुङ बजारको लोकतान्त्रिक चोकमा बिरोध प्रर्दशन गरेको अनेरास्ववियु बागलुङका संययोजक रोशन कुँवरले जानकारी दिनुभयो ।

परमादेश सरकारले पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य बस्तुमा भएको मुल्यबृद्धिको खारेजीको माग गर्दै बिरोध प्रर्दशन गरेको अनेरास्ववियु बागलुङका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख रोशन जिसीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै अनेरास्ववियु बागलुङका इन्चार्ज तथा केन्द्रिय सचिवालय सदस्य शेखर खड्काले परमादेशी सरकारले जनतामार्ने गरी अस्वभाविक मुल्य बृद्धि गरेको बताउदै तत्कालै मृल्यबृद्धि फिर्ता गर्न माग गर्नुभयो ।

लोकतान्त्रिक चोकमा भएको विरोध कार्यक्रममा सचिवालय सदस्य रोशन जिसीको स्वागत, जिल्ला संयोजक रोशन कुँवरको अध्यक्षता र सह–संयोजक सुरेस रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा राष्ट्रिय युवा संघ बागलुङका अध्यक्ष रेशम घर्तीमगर सहितको सहभागिता समेत रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *