कांग्रेसको प्रदेश क्षेत्र अधिवेशन : बागलुङका चारै क्षेत्रमा निर्वाचन

डम्मर बुढा मगर, बागलुङ
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत प्रदेश क्षेत्रमा शुक्रबारदेखि अधिवेशन सुरु भएको छ । जस अनुसार बागलुङका चार वटै प्रदेश क्षेत्रमा पनि महानधिवेशन भएको छ । बागलुङ क्षेत्र नम्बर १ र २ का ४ वटै प्रदेश क्षेत्रमा सर्वसम्म नेतृत्व चयन नभएपछि निर्वाचन प्रक्रिया अगाडी बढेको छ ।

बागलुङ क्षेत्र नम्बर १ (क) मा मतदान सकिएपछि मत गणना सुरु गर्न तयारीमा रहेको निर्वाचन अधिकृत रामराजा कँडेलले जानकारी दिनुभयो । सभापतिमा ज्ञामनाथ कँडेल, हरिबहादुर जिसीले उम्मेदवारी दिनु भएको थियो ।

उपसभापतिमा ओमबहादुर थापा, जितबहादुर कार्की, राजचन्द्र सापकोटा र हरिबहादुर कार्कीले उम्मेदवारी दिनुभएको छ भने सचिवमा चन्द्रदत्त सापकोटा, नविनकुमार श्रेष्ठ, माधवप्रसाद उपाध्यक्ष र सूर्य कँडेलको उम्मेदवारी परेको छ ।

सह–सचिवमा दलबहादुर कार्की, नारायाण कार्की, लालबहादुर सुनार र हिराबहादुर थापाले उम्मेदवारी दिएको कँडेलले जानकारी दिनुभयो । ४६९ मतदाता रहेको यस क्षेत्रमा ४६३ मत खसेको निर्वाचन अधिकृत कँडेलले जानकारी दिनुभयो । अधिकृत कँडेलका अनुसार आदिवासी जनजाति महिला प्रदेश महाधिवेशन प्रतिनिधिमा प्रमिला राजभण्डारी सर्वसम्मत चयन हुनुभएको छ । मतगणना केहीबेरमा हुने उहाँको भनाई छ ।

बागलुङ क्षेत्र नम्बर २ क मा भने सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ भने, प्रदेश महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन भएको निर्वाचन अधिकृत सरिता केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सभापतिमा तिलक घर्ती मगर, उपसभापति कलाधर सुवेदी, हरिचन्द्र खत्री, सचिवमा टिकाराम पुन काउचा, निरबहादुर बोहरा, सह–सचिव राज थापा क्षेत्री र हरिदत्त गौतम सर्वसम्मत चयन हुनु भएको छ ।

प्रदेश महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा ४५१ मतदाता रहेकोमा ४३५ मत खसेको र १७ मतदाता उपस्थित नभएको केसीले जानकारी दिनुभयो । मतगणना भने केही बेरमा हुने बताउनुभयो ।

त्यस्तै बागलुङ क्षेत्र नम्बर २ (ख) मा पनि नेतृत्व चयनका लागि मतदान भएको छ । प्रदेश सभापती पदमा दुई जना, उपसभापतीमा ३ जना, सह–सचिवमा ३ जना र अन्य पदाधिकारीमा सर्वसम्मत नभएपछि निर्वाचन प्रक्रियामा गएको थियो ।

सभापतीमा खगेन्द्रमान पुन र मेषलाल शर्माको उम्मेदवारी परेको थियो । उपसभापती पदमा इन्द्रबहादुर मल्ल, लक्ष्मी अदै र हिमाल विकको उम्मेदवारी परेको थियो ।

सचिव पदमा दुई जनाको उम्मेदवारी परेपछि दुई जना निर्विरोध चयन भएका हुन् । निर्विरोध सचिव हुनेमा हेमराज जैसी र हेमबहादुर बुढा रहेका छन् । सह–सचिव पदमा ध्रुव शेरचन, रविन्द्र घर्ती मगर, सुरज कुमार अदैको उम्मेदवारी परेको छ ।

प्रदेश महादिवेशन प्रतिनिधिका लागि महिलाको ३ पदमा ५ जना र पुरुषको ७ पदका लागि १२ जनाको उम्मेदवारी परेको छ । प्रदेश प्रतिनिधि खस आर्यबाट धनराम पुरी, आदीवासी जनजाती तर्फ पुनिकला घर्ती मगर, दलित महिला तर्फ इन्द्रकुमारी सिर्पाली निर्विरोध निर्वाचित हुनुभएको छ ।

आदीवासी जनजाती तर्फ १ पदका निम्ति केशव थापा र चन्द्रसिंह रामजालीको उम्मेदवारी परेको छ । दलित खुल्ला तर्फ हिक्मत जक्तपुरी र रेशम नेपालीको उमेदवारी परेको छ । अल्पसंख्यक तर्फ प्रेम कुमार छन्त्यालको उमेदवारी परेको छ । ३ सय ७७ क्षेत्रीय प्रतिनिधि मध्ये ३ सय ५२ मत खसेको निर्वाचन अधिकृत ज्ञानेन्द्र पन्तले जानकारी दिनुभयो ।

त्यस्तै बागलुङ क्षेत्र नम्बर १ ख मा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसक्दा निर्वाचन भएको छ । यस प्रदेश क्षेत्रमा पनि दुई वटा प्यानल बीच चुनावी प्रतिस्प्रधा भएको थियो । सभापति धनबहादुर शाही र दलबहादुर श्रीस, उपसभापतिमा रामप्रसाद अधिकारी, रुद्रहरि शर्मा र टेकनारायाण शर्माले उम्मेद्वारी दिएका थिए ।

सचिव कृष्ण शर्मा, बालकृष्ण शर्मा, टेकबहादुर थापा र लक्ष्मी सापकोटा, सहसचिवमा ओम क्षेत्री, विशन शर्मा र चिन्तमणि परियारको उम्मेदवारी रहेको निर्वाचन अधिकृत तिलक आचार्यले जानकारी दिनुभयो । कुल ४७७ मतदाता रहेको यस क्षेत्रमा ४५६ मत खसेको आचार्यले बताउनुभयो । मत गणना आजै हुने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *