रत्नेचौर– कुँडुले जोड्ने झोलुङ्गे पुल शिलान्यास


आदर्श अनलाइन, बागलुङ

रत्नेचौर, ५ मंसिर – बागलुङ नगरपालिका – ४ कुँडुले र म्याग्दीको बेनी नगरपालिका – १ रत्नेचौर जोड्ने झोलुङ्गे पुलको आईतबार शिलान्यास भएको छ ।

म्याग्दीका प्रतिनिधी सभा सदस्य भुपेन्द्र बहादुर थापाको बिशेष पहलमा दुई जिल्ला जोड्ने ३ सय ८८ मिटर लामो र १ सय ७० मिटर अग्लो झोलुङ्गे पुल निर्माण शुरु गरिएको हो । पुलको म्याग्दीका प्रतिनिधी सभा सदस्य थापाले शिलन्यास गर्नुभएको छ ।

सो अवसरमा बोल्दै थापाले दुई जिल्लाको सम्बन्ध लाई सुमधुर बनाउनका लागि पुल महत्वपुर्ण बन्ने बताउनुभयो । उहाँले पुल निर्माणको काम लाई सबैले सहयोग गर्नुपर्ने भन्दै प्रतिधिनी सभा सदस्य थापाले धार्मिक तथा पर्यटकिय क्षेत्रको बिकास आवत जावत र तथा दुबै जिल्लामा उत्पादित बस्तुको बजारीकरणका लागि पनि पुलले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।

उहाँकै पहलमा दुई जिल्ला जोड्ने पुल निर्माण हुन लागेको हो । यो पुलले बागलुङको पञ्चकोट शालग्राम संग्राहालय लगायत बागलुङ र पर्वतका धार्मिक तथा पर्यटकिय क्षेत्रमा आवत जावत गर्न सहज हुने बताउनुभयो ।

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले म्याग्दी र बागलुङ्गको यातायात लाई जोड्न तथा दुबै जिल्लाको बिकास निर्माणका लागि यो पुल कोषेढुङ्गा सावित हुने बताउनुभयो । उहाँले म्याग्दी जिल्ला लाई हिमाली जिल्लाको रुपमा घोषणा गर्न र दुबै जिल्लाको पर्यटन पर्वद्धनका लागि समेत पुल महत्वपुर्ण बन्नेमा जोड दिनुभयो ।

त्यस्तै निर्माण समितिका अध्यक्ष कृष्ण बोगटीले ३ करोड ५० लाख लागतमा पुल निर्माण हुन लागेको जानकारी दिनुभयो । बागलुङ नगरपालिका वडा नम्वर ४ का अध्यक्ष धुव्र केसी र म्याग्दीको बेनी नगरपालिका – १ का अध्यक्ष टेक बहादुर रावलले म्याग्दीको रत्नेचौरलाई बागलुङ बजारको पहुँचमा ल्याउनका लागि पुल महत्वपूर्ण हुने बताउनुभयो ।

पुल निर्माण गर्नका लागि बानपा ४ कुडुले निवासी जयलाल सापकोटा, ईन्द्र शर्मा र पशुपती सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो । गत असोजको अन्तिम साता निर्माण सम्झौता भएको र आगामी असारमा पुल तयार भईसक्ने निर्माणको जिम्मा पाएको थानी हिमसिखर जेभीका नरहरी खड्काले बताउनुभयो । दैनिक सयौँ सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा ५ मिनेटमै छोटिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *