शालग्राम प्रति आकर्षण बढाउन ‘भजन महोत्सव’

आदर्श अनलाइन, बागलुङ
युवा पुस्ताको बेवास्ताका कारण लोप हुन थालेको लोक भजन संरक्षण र शालग्रामको प्रर्बद्धनका लागि बागलुङमा ‘शालग्राम भजन महोत्सव’ आयोजना गरिएको छ । पुरानो संस्कृतिको रुपमा रहेको लोक भजन जोगाउनका लागि बागलुङका स्थानीयहरु कस्सिएर लागेका छन् ।

यस अघि बागलुङ जिल्लामा राष्ट्रिय भजन प्रतियोगिता आयोजना गरिएकोमा अहिले बागलुङ नगरपालिका–४ कुडुँले स्थित श्रीधरआचार्य शालग्राम संग्रालयमा प्रथम शालग्राम भजन महोत्सव आयोजना गरिएको भजन महोत्सव मूल आयोजक कमिटिले जनाएको छ ।

यही मंसिर २४ देखि २८ गतेसम्म प्रथम शालग्राम राष्ट्रिय भजन महोत्सव आयोजना गरिएको मुल आयोजक कमिटिका अध्यक्ष तथा लाक भजन संरक्षण अभियान्ता राजु खड्काले बताउनुभयो । धार्मिक पर्यटक आर्कषण गर्नका लागि भजन महोत्सव आयोजना गरिएको बताउदै संयोजक खड्काले यो महोत्सव अन्य मेला महोत्सव भन्दा नितान्तै पृथक रहेको बताउनुभयो ।

प्रतियोगितामा प्रतिस्प्रधा हुने भएकाले खुल्ला रुपमा भजन आयोजना गरिएको उहाँको भनाई रहेको छ । शालग्राम संग्रहालय दुई वर्षदेखि सर्वसाधरणका लागि खुल्ला गरिएको छ । “सवा एक लाख शालग्राम एकसाथ दर्शन गर्न सकिनेगरी भूमिगत रुपमा बनाइएको संग्रहालयमा धार्मिक पर्यटक भित्राउने र शालग्रामको विषयमा जानकारी दिनेगरी भजन महोत्सवको आयोजना गरिएको छ” खड्काले भन्नुभयो “जिल्लामा धार्मिक पर्यटकको आर्कषण रहेको भन्दै थप प्रचारप्रसारका लागि र लोप हुनेअवस्थामा रहेको लोक भजन जोगाउनका लागि महोत्सव आयोजना गरिएको हो ।”

यस अघि भजन प्रतियोगिता आयोजना गरेपनि प्रतियोगिताले सबैलाई समेट्न नसकेकाले महोत्सव आयोजना गरिएको भजन महोत्सवका सह–संयोजक तथा जैमिनी संकृतनका अध्यक्ष संघम क्षेत्रीले जानकारी दिनुभयो । “चार पाँच वर्षदेखि भजन प्रर्बद्धनका लागि लागिरहेका छौं, राष्ट्रिय भजन प्रतियोगितामा बागलुङले आफ्नो क्षमता देखाउदै आएको छ, हामीहरुनै मिलेर दुईपटक सम्म भजन प्रतियोगिता गरेका छौं” क्षत्रीले भन्नुभयो “प्रतियोगिता भन्ने बित्तकै हार जीत हुनेभएकाले यसपक सबैले खुल्ला रुपमा भजन देखाउन पाउनेगरी महोत्सव आयोजना गरिएको छ, सहभागीहरुले आफ्नो भजन प्रस्तुत गर्न सक्नुहुनेछ, देशभरबाट ४५ भन्दा बढी भजन समूह सहभागी गराउदा पर्यटनमा प्रबद्धन हुँने र शालग्रामको संग्रहालयको समेत प्रर्बद्धन हुँनेछ ।”

भजन महोत्सवमा सहभागीहरुलाई यातयात खर्च दिइनेछ भने दैनिक रुपमा उत्कृष्ट भजनलाई सम्मानित गरिनेत उपलव्ध गराउने आयोजकको तयारी रहेको छ । शालग्राम संग्रहालयमा गर्न थालिएको भजन महोत्सवमा रु. १० लाख खर्चको अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *