ठडिदै छ बडिगाडको ‘सिंहदरबार’

आदर्श अनलाइन, बागलुङ

बागलुङको बडिगाड गाउँपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । अहिले अत्याधुनिक सुविधा सम्पन्न भवनको फिनिसिङको कामले तिब्रता पाएको छ । स्थानीय तह स्थापनाको पहिलो पाँच वर्षमा बडिगाड गाउँपालिकाको ‘सिंहदरबार’ अन्तिम चरणमा पुगेको छ ।

काठमाण्डौको सिंहदरबार संघीयतापछि जनताको सेवाका लागि गाउँमै ठडिन थालेका हुन् । जनतालाई सेवा सुविधामा सरलता प्रदान गर्नका लागि अहिले स्थानीयतहमा धमाधम प्रशासनीक भवनहरु ठडिन थालेका छन् । जसमध्ये बडिगाड गाउँपालिकाको केन्द्र खार बजारमा प्रशासनिक भवनको निर्माण अहिले अन्तिम चरण्मा पुगेको बडिगाड गाउँपालिकाले जनाएको छ । उक्त भवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न भवन हुने । त्यस्तै ताराखोला सुविधा सम्पन्न भवन समेत अहिले निर्माण भइहेको छ ।

१० स्थानीय तह रहेको बागलुङ जिल्लामा अहिले बडिगाड र ताराखोला गाउँपालिकाको मात्रै अत्याधुनिक प्रशासनिक भवन निर्माण भइरहेको हो । अन्य पालिकाले भने भवन निर्माणका लागि जग्गाको टुङ्गो लगाइसकेका छन् भने केही स्थानीय तहको भने अन्योल अझै कायम रहेको छ ।

बडिगाड गाउँपालिका–५ ग्वालिचौर स्थित खार बजारमा स्थानीयले निःशुल्क रुपमा गाउँपालिकाको नाममा ११ रोपनी जग्गा प्रदान गरेपछि गत वर्षदेखि प्रशासनीक भवन निर्माण थालिएको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिनुभयो । अहिले भवनको तीन तला ढलानको काम सम्पन्न भएर प्लाष्टर अन्तिम चरणमा पुगेको छ । अहिले अत्याधुनिक सुविधा सम्पन्न भवनको कामले तिब्रता पाएको र हाल सम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

“भवन निर्माणको काम प्रति सन्तुष्ट छौं, तीन चार महिनामा हस्तान्तरण होला भन्नेछ, कोरानाका कारण म्याद भन्दा दुई महिना ढिलो होला” प्रशासकीय अधिकृत बालकृष्ण सुवेदीले भन्नुभयो “गण्डकी प्रदेशमानै यस्ता अत्याधुनिक भवन आधा दर्जन होलान, जिल्लामा यस्तो सुविधासम्पन्न भवन कतै बनेको छैन, भवनमा लिफ्ट, अपाङ्ग मैत्री, भूकम्प प्रतिरोधी लगायतका विशेषताहरुछन् ।

तीन तलाको भवनबाट गाउँपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवा तथा पालिकाका अन्य शाखा सञ्चालनका लागि अत्यन्तै सहजहुने प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

१८ महिनामा सक्नेगरी रु. ५ करोड २२ लाखको लागतमा २०७७ जेठ १६ गते माउण्डेन कबिन्द्र जेभी संग निर्माण सम्झौता भएको थियो । कोरोनाका कारण चार महिना ढिलोगरी काम शुरु भएको भवनको अहिले रङ्ग रोगन, विद्युतीयककाम, टायल, मार्वल तथा झ्याल ढोकाको मात्रै काम रहेको माउण्डेन कबिन्द्र जेभीका आधिकारीक प्रतिनिधि उपेन्द्र अर्यालले जानकारी दिनुभयो ।

“कोरोना नभएको भए सम्पन्न मिति भन्दा चार महिना अघि भवन बुझाउने लक्ष्य थियो, त्यैपनि काम अन्तिम चरणमा पुगेको छ” अर्याले भन्नुभयो “ढिलोमा चार महिना भित्र गाउँपालिकालाई भवन हस्तान्तरण गर्ने लक्ष्य छ, पालिकाको सहयोगमा सम्पन्न गर्न मद्दत मिलेको हो ।” गाउँपालिकाका अनुसार ठेक्का सम्झौता सकिन एक महिना मात्रै बााँकी रहेपनि कामको प्रकृतिका आधारमा केही महिना थप गर्न सकिने छ ।

अलिे पालिकामा प्रशासनीक भवन बाहे अन्य भौतिक संरचना समेत धमाधम निर्माण भइरहेका छन् । पालिकाका १० वडा मध्ये ८ वटा वडा निर्माणले तिब्रता पाएको छ । पालिकाको ६ नम्बरमा मात्रै वडा कार्यालयको भवन छैन ।

१ नम्बर वडामा पहिलै भवन थियो भने नौ नम्बरमा वडा कार्यालयको नयाँ भवन निर्माण पछि सेवा दिइरहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । कार्यालय परिसरमा पार्कीङको व्यवस्था समेत हुनेछ भने भवनको माथिल्लो तलामा सुविधा सम्पन्न सभाहल हुनेछ । अहिले भाडाको साँघुरो घरबाट सेवा दिइरहेको छ । अत्याधुनिक सुविधा सम्पन्न भवनबाट सेवा दिदा नागरिकलाई समेत सहज हुँने गाउँपालिकाको अपेक्षा रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *