मध्ये राति बागलुङको हार्डवयर पसलमा आगलागी

आदर्श अनलाईन, बागलुङ ।
बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलका भाई शालिकराम पौडेलको हार्डवयर पसलमा आगलागी भएको छ ।

बिहिबार राती १० बजे बा.न.पा २ महेन्द्र पथ स्थित पौडेलको मेघा हार्डवेयर पसलमा आगलागी भएको हो । आगलागी के कारणले भयो भन्ने खुल्न सकेको छैन ।

प्रहरी र स्थानियको प्रयाशमा आगो नियन्त्रणमा आइसकेको छ । दमकल (अन्गिसमन यन्त्र) ले गर्दा समयमै आगो नियन्त्रणमा ल्याउँन सहज भएको प्रहरी नायब प्रहरी उपरीक्षक झबिन्द्र भट्टराईले बताउँनुभयो । आगलागीबाट मानविय क्षती नभए पनि अन्य क्षतीको विवरण आउन बाँकी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *