सूचना प्रविधि क्षमतामा काठेखोला गाउँपालिका जिल्लामै उत्कृष्ट


–आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाका १० पालिका मध्ये सूचना प्रविधिको क्षमतामा काठेखोला गाउँपालिका उत्कृष्ट भएको छ । संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगत स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा मुल्याङ्कनमा जिल्लामै काठेखोला गाउँपालिका उत्कृष्ट भएको छ ।

मन्त्रालय अन्र्तगतको सूचना तथा प्रविधि शाखाले हालै सार्वजनिक गरहेको मूल्याङ्कन प्रतिवेदनका आधारमा काठेखोला गाउँपालिकाले जिल्लाको १० पालिका मध्ये सबैभन्दा बढी अंकभार प्राप्त गरेको छ ।

विद्यालयमा सिसि क्यामेरा, कार्यालय विद्युतिय हाजिरी, बैकल्पिक उर्जाका लागि सोलार, इन्टरनेट पुहँच जस्ता विषयमा आधारमा पालिकाले ६० अंकभार प्राप्त गरेको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर थापाले जानकारी दिनुभयो । वेबसाईट व्यवस्थापन सहित डिजिटल माध्यमबाट प्रदान गरेको सेवाका आधारमा काठेखोलाले जिल्लाको १० पालिका मध्ये काठेखोला उत्कृष्ट भएको हो ।

त्यसपछि निसीखोला गाउँपालिकाले ५२ अंक प्राप्त गरेर जिल्लामा दोस्रो उत्कृष्ट भएको छ । एक सय अंकभार रहेको प्रश्नमा बरेङले ४९, तमानखोला ४५, ढोरपाटन नगरपालिकाले ४१ अंक प्राप्त गरेको छ ।

जिल्लाका ७५३ तहमध्ये ४३४ वटा स्थानीयतहहरुले उक्त विवरण उपलव्ध गराएका थिए । जिल्लाका अन्य पाँच स्थानय तहलेभने विवरणनै उल्लेख नगरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । पालिकाको सूचना प्रविधि संगको सामिप्यता, सूचना प्रविधि सम्बन्धी संस्थागत क्षमता र सूचना संग जोडिएका नागरिकको सेवाका विषयका आधारमा पालिकालाई अंक प्रदान गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *