आदर्श अनलाइन, गोरखा
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पालुङटार नगर कमिटीका संयोजक सुवर्ण देवकोटाको दुर्घटनामा मृत्यु भएको छ ।
पालुङटार नगरपालिका ४ घर भएका देवकोटाको तनहुँको भन्सार भन्ने ठाउँमा मङ्गलबार भएको दुर्घटनामा मृत्यु भएको हो ।
डुम्रे जाँदै गरेका देवकोेटा चढेको बा ४५ प २३८ नम्बरको स्कुटरलाई ना ६ ख ९१३४ नम्बरको बसले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको इलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका देवकोटाको डुम्रेको मोती अस्पतालमा प्रारम्भिक उपचार गरिएको र थप उपचारका लागि दमौली अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।