सहकारीमार्फत पार्टीको योजना थप प्रभावकारी बनाउन एमाले केन्द्रीय सदस्यमा मेरो उमेदवारी : के.बी.उप्रेती


आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा पार्टीको सहकारी तथा गरिवी निवारण विभागबाट महाधिवेशन प्रतिनिति बनेका विभागका पूर्व सचिव के.बी.उप्रेतीले केन्द्रीय सदस्य पदका लागि उमेदवारी घोषणा गर्नु भएको छ ।

सहकारी क्षेत्रमा क्रियाशिल उप्रेतीेले सहकारी र राजनीतिक दलबीचको सम्बन्धलाई प्रभावकारी बनाउन, नेकपा एमालेले लिएको सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई सहकारीमार्फत थप शसक्त बनाउन, सहकारी सम्बन्धी कानुनी समस्याहरुलाई पार्टीसंगको सहकार्यबाट व्यवस्थापन गर्न तथा सहकारीमा देखिएका समस्याहरुलाई नीतिगत रुपमा सुधार गर्नका लागि सक्रिय राजनीतिमा आउन लागेको बताउनु भएको छ ।

मुलुकको समृद्धिका लागि सहकारी प्रशस्त संभावना भएको क्षेत्र हो, सहकारीमार्फत देशभरका विपन्न वर्गका मानिसहरुलाई सीप उपलब्ध गराई स्वरोजगारतर्फ अग्रसर बनाउन सकिन्छ, सहकारीले यस्ता धेरै काम गरेको छ, थप व्यवस्थित र व्यवहारिक बनाउनका लागि कानुनी व्यवस्थामा सुधार आवश्यक भएको र त्यसका लागि सबै राजनीतिक दलहरुले ध्यान दिनु पर्ने उप्रेतीको भनाइ छ । आफु लामो समय आवद्ध भएको नेकपा एमालेको केन्द्रीय तहमा रहेर सहकारीमार्फत पार्टीको योजना र देशको समृद्धिको अभियानमा जुट्न आफुले उमेदवारी दिएको बताउदै उहाँले सहकारी क्षेत्रमा क्रियाशिल रहेका, पार्टीको योजनामार्फत आर्थिक समृद्धिको अभियानमा लागेका सबैलाई सहयोगका लागि अपिल गर्नु भएको छ ।

देशभरबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरु मध्ये २ सय भन्दा बढी सहकारीको नेतृत्वमा रहेका नेताहरु आएको उप्रेतीले दावी गर्नु भयो । सहकारीमा आवद्ध नभएका त सायद हुनुहुन्न, प्रारम्भिक , जिल्ला र केन्द्रीय संघहरुमा जिम्मेवारी लिएर काम गरेका मात्रै २ सय भन्दा बढी प्रतिनिधि महाधिवेशनमा आएका छन, उप्रेतीले भन्नुभयो अर्थतन्त्रका ३ मध्ये एक महत्वपूर्ण खम्बा सहकारी क्षेत्रको पहिचान, प्रतिनिधित्व र समन्वयका लागि उमेदबारी दिन लागेको हु ।

२०३५÷०३६ देखि विद्यार्थी संगठनमा आवद्ध भएर राजनीति क्षेत्रमा क्रियाशिल उप्रेती नेवि संघको गढ मानिने पिपुल्स क्याम्पसमा २०४५ मा अनेरास्ववियूको तर्फबाट स्ववियु सभापति बन्नु भएको थियो । निजी क्याम्पस स्ववियू परिषदको संयोजक रहेकै समयमा शंकर पोखरेल अध्यक्ष रहेको स्ववियू काउन्सिलसंग एकीकरण भएपछि शंकर पोखरेलको नेतृत्वमा एकीकृत स्ववियू काउन्सिलको कोषाध्यक्ष भएर उप्रेतीले २०५१ सम्म काम गर्नु भएको थियो ।

त्यसपछि पार्टीको इलाका कमिटि, क्षेत्रीय कमिटि, विशेष जिल्ला कमिटिको नेतृत्वमा रहेर काम गरेका उप्रेती २०६० सालपछि सहकारी क्षेत्रमा अलि बढी सक्रिय भएपछि सहकारी विभागमा रहेर काम गर्नु भयो । जुन पेशा वा व्यवसायमा लागिन्छ, त्यहिबाट पार्टी काममा योगदान गर्नु पर्छ भनेर डेढ दशक सहकारी विभागमा रहेर काम गरे, सहकारी बैंकको जागिर छोडेर अध्यक्षको जिम्मेवारीमा छु, अब राजनीतिमा सक्रिय हुन समयले पनि साथ दिएको उप्रेतीको भनाइ छ ।

विद्यार्थी आन्दोलनदेखि सहकारीको अगुवासम्म उप्रेती

दोलखाको नाम्दुमा २०१७ साल असार १० गते जन्मिनुभएका के.बी. उप्रेती (कृष्णबहादुर उप्रेती) २०३५÷०३६ बाट विद्यार्थी आन्दोलनमा होमिएर राजनीतिमा लाग्नुभएको हो । २०४५ सालमा पिपुल्स क्याम्पसमा अनेरास्ववियूको तर्फबाट स्ववियू सभापति बन्नुभएका उप्रेतीले जनआन्दोलन र त्यसपछिको आम निर्वाचनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ ।

अनेरास्ववियुका तत्कालीन अध्यक्ष शंकर पोखरेलको नेतृत्वमा निजी क्याम्पस स्ववियु काउन्सिललाई स्ववियु काउन्सिलमा एकीकरण गराएपछि शंकर पोखरेलको अध्यक्षतामा रहेको स्ववियु काउन्सिलको कोषाध्यक्ष भएर उप्रेतीले काम गर्नुभएको थियो ।

२०४७ मा एमालेको संगठित सदस्य बनेका उप्रेतीले पार्टीको शाखा कमिटी सचिव, इलाका कमिटि सचिव हुँदै काठमाडौं विशेष जिल्ला कमिटिको सदस्य र सचिव भएर जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँले तत्कालीन काठमाडौं क्षेत्र नम्बर ५ लाई कार्यक्षेत्र बताउनुभएको थियो ।

केन्द्रीय सम्पर्क विभागको सदस्य हुँदै पछिल्लो समय एमालेको केन्द्रीय सहकारी तथा गरीबी निवारण विभागमा रहनुभएका उप्रेती दुई कार्यकाल विभागको सदस्य हुँदै हाल सचिव हुनुभएको छ । उप्रेती अहिले विभागका तर्फबाट नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *