बागलुङमा केन्द्रीय सदस्य र जिल्ला सभापतिनै महाधिवेशन प्रतिनिधिमा पराजित

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत क्षेत्रीय अधिवेशनमा बागलुङमा केन्द्रीय सदस्य र जिल्ला सभापति नै पराजित भएका छन् ।

मंगलबारबाट सुरुभएको बागलुङ क्षेत्र नम्बर १ को अधिवेशनमा केन्द्रीय आमन्त्रित सदस्य किरणराज पौडेल र जिल्लाका साभापति दीपेन्द्रबहादुर थापा पराजित हुनुभएको हो निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयाे। महासमिति सदस्य (खुल्ला) तर्फ उम्मेदवारी दिनु भएका पौडेल र थापाले महाधिवेशन प्रतिनिधिमा पराजित हुनु भएको हो । पौडेलले ४०४ र थापाले ३ सय ९९ मत मात्रै पाउनु भएको छ ।

१४ औँ महाधिवेशनका लागि पनि जिल्ला सभापतिमा थापाको नाम चर्चामा थियो । नेपाली कांग्रेसमा जिल्ला सभापतिका लागि महाधिवेशन प्रतिनिधिमा छनोट हुनै पर्ने प्रावधान छ । पौडेल र थापा दुबै संस्थापन पक्षका हुन् ।

यस्तै गण्डकी प्रदेश सांसद कोपिला बोहोरा महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । उहाँलाई दुर्गादेवि विश्वकर्माले ४९ मत बढी लिएर विजयी हुनुभएको छ । बिश्वकर्माले ४६२ मत ल्याउदा बोहोराले ४१३ मत प्राप्त गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *