बालिकालाई अश्लिल भिडियो देखाई यौन दुर्व्यवहार गरेको अभियोगमा पर्वतका एक युवक पक्राउ

आदर्श अनलाइन, पर्वत
बालयौन दुरुपयोग गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। १३ वर्षीया बालिकालाई मोवाइलमा रहेको अश्लिल भिडियो देखाई यौन दुर्व्यवहार गरेको अभियोगमा पर्वत जिल्ला जलजला गाउँपालिका -४ बस्ने २८ वर्षीय आचार्य थरका एक युवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

आचार्यले बालिकालाई एकान्त ठाउँमा लगी भिडियो देखाई बालयौन दुर्व्यवहार गरेको भन्ने पीडित बालिकाको बुबाको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीमाथि बालयौन दुरुपयोग सम्बन्धी मुद्धा अन्तर्गत जिल्ला अदालत पर्वतबाट पाँच दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *