पुष २६ देखि जैमिनी महोत्सव हुने

आदर्श अनलाइन, बागलुङ
जैमिनी नगरपालिकाको व्यापारिक तथा प्रशासनिक केन्द्र कुश्मीसेरामा दोस्रो जैमिनी महोत्सव गरिने भएको छ । सहारा युवा क्लवको आयोजनामा आगामी पुष २६ गतेदेखि माघ ३ गतेसम्म महोत्सव गरिने क्लवका अध्यक्ष सुरेश सुनारले बताए ।

महोत्सवमा मेयरकप खुल्ला पुरुष भलिवल प्रतियोगिता आयोजना गरिएको छ । भलिवलमा प्रथम पुरस्कार राशी १ लाख ५० हजार रुपैयाँ रहेको छ । द्धितीय पुरस्कारको राशी ८० हजार रुपैयाँ, तृतृीय पुरस्कारको राशी ३० हजार रुपैयाँ र सान्तवना पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको सचिव डिल्ली पौडेलले जानकारी दिए ।

महोत्सवमा उपमेयर कप खुल्ला महिला भलिवल प्रतियोगिता गरिनेछ । प्रतियोगितामा प्रथम पुरस्कार राशी ३५ हजार, द्धितीय पुरस्कार राशी १७ हजार, तृतीय पुरस्कार राशी ८ हजार, सान्तवना पुरस्कार राशी ५ हजार रुपेयाँ रहेको छ ।

महोत्सवमा खुुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता, खुल्ला पुरुष बि लेभल ब्याडमिन्टन प्रतियोगिता, वडा स्तरीय रत्यौली प्रतियोगिता, वडा स्तरीय भजन प्रतियोगिता, माध्यामिक विद्यालय स्तरीय हाँजिरी जवाफ प्रतियोगिता, जैमिनी डान्स आईडल, कृषि उपज तथा पशु प्रदर्शनी, भजन, सोरठी, सालैजो, एनिमाया, झ्यारे सहितको झाँकी, हस्तकला प्रदर्शनी गरिने छ ।

महोत्सवको अवधिभर राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहनेछ । ‘स्थानीय कला संस्कृति तथा खेलकुदको सम्वर्धन कृषि उद्योग व्यापार तथा पर्यटनको प्रवर्धन’ भन्ने मूल नाराका साथ महोत्सव गरिने छ । बागलुङको दक्षिणलाई राष्ट्रिय तथा अन्तराष्ट्रि तहसम्म चिनाउने उद्धेश्यले महोत्सव गर्न लागिएको अध्यक्ष सुनारले बताए ।

महोत्सवमा ६० देखि ८० वटासम्म सटर निर्माण गरिने भने १ लाख ५० हजार दर्शक सहभागि हुने अपेक्षा गरिएको छ । महोत्सव सम्पन्न गर्न ४२ लाख लाग्ने अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *