दाउराले हानेर आमाको हत्या

आदर्श अनलाइन, पाल्पा
पाल्पामा दाउराले हानेर आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पा रिब्दीकोट गाउँपालिका–८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुुसार कृष्णबहादुरले आफ्नै आमा ६२ वर्षीय मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको हो ।

मदिरा सेवन गरेका कृष्णबहादुरले आमालाई दाउराले प्रहार गरी मारेको तथ्य प्राप्त भएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाइएको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *