आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेस बागलुङमा सभापतिका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । उनै तीन जनाका लागि मतदान सुरु हुन थालेकाे छ ।
संस्थापन पक्ष मानिने दोर्णकुमार कुँवर, पौडेल पक्ष मानिने जगदीशचन्द्र चन्द्र उपाध्याय र सिटौला पक्षका जितबहादुर शेरचन चुनावी मैदानमा उत्रिएका छन् । शेरचन संयुक्त गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका हुन् ।
सिटौला पक्षका मानिने शेरचनलाई पौडेल र संस्थापन पक्षका नेताहरुको साथ मिलेको छ ।
कुँवर र शेरचन बागलुङ क्षेत्र नम्बर २ का नेता हुन् भने उपाध्याय क्षेत्र नम्बर १ का हुन् ।