बडिगाडमा मोटरसाइकलले ठक्कर दिँदा एक जना घाइते

हेम विश्वकर्मा, बुर्तिबाङ

बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ५ ग्वालीचौरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बडिगाड गाउँपालिका वडा नम्बर ७ का आयोग खरेल रहेका छन् ।

उनको बाँयाँ हात र खुट्टामा चोट लागेको बताइएको छ । शुक्रबार बेलुका करिब ९ बजे मध्यपहाडी लोकमार्ग अन्तरगत ग्वालीचौरदेखि खर्बाङतर्फ जाँदै गरेको लु १८ प ७२८४ नंम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी घाइते भएका हुन् ।

घाइते खरेललाई स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका लागि पाल्पा रेफर गएिको इलाका प्रहरीचौकी खारका असइ गुरूप्रसाद न्यौपाने जानकारी दिनुभयाे । मोटर साइकल चालक मुसिकोट नगरपालिका ७ गुल्मीका २१ वर्षीय आशिष रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चालक रानाले मदिरा सेवन गरेकाले दुर्घटना भएको प्रहरीले जनाएको छ । उनले दुर्घटना गराई भागेका थिए । स्थानीयले देखेपछि उनलाई नियन्त्रण लिएकाे प्रहरीले जनाएकाे छ । न्वागी मेलाबाट फर्केका उनीहरुले केही पर ध १ ज १९१ नम्बरको जिपको झ्यालमा समेत तोडफोड गरेको स्थानीयले बताए।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *