कांग्रेस बागलुङ सभापतीको पुननिर्वाचनमा ३८ मत कम खस्यो


आदर्श अनलाइन, बागलुङ
बागलुङ कांग्रेसको सभापतिमा भएको पुन मतदानमा ३८ भोट कम खसेको छ ।

तीन उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिका लागि फेरि मतदान भएको थियो । शनिबार सभापतीका लागि एक हजार ६८८ मत खसेकोमा आइतबारको पुन मतदानमा एक हजार ६५० मत खसेको निर्वाचन अधिकृत विष्णु प्रसाद शर्माले बताउनुभयो । प्रतिनिधिले दोस्रो पटक मतदानमा सहभागी हुँदा सास्ती खेपेको भन्दै केही घर फर्केपछि मत कम घसेको पाइएको छ ।

७९० मत ल्याएका जगदीश चन्द्र उपाध्याय र ६८६ मत ल्याएका जीतबहादुर शेरचन बीच निर्वाचन पुन निर्वाचन भएको थियो भने अर्का उम्मेदवार दोर्णकुमार कुँवरले १८६ मत ल्याएपछि निर्वाचन प्रकृया बाट बाहिरिनुभएको थियो ।

नेपाली कांग्रेसको विधानले जिल्ला सभापति बन्न ५१ प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था भएपछि पुन मतदान भएको थियो । यो संगै उपाध्याय र शेरचन बीच कडा प्रतिस्प्रधा हुने देखिएको छ । कुँवरले शेरचनलाई समर्थन गरेपछि पश्चिम क्षेत्रको भोट शेरचनलाई आउने विश्वास गरिएको छ । तर उपाध्ययाले यस अघिको मतदानमा १०४ भोट बढी ल्याएका कारण उनिलेपनी आफ्नो पक्षमा निर्णय आउने अपेक्षा गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *