माओवादी केन्द्र बागलुङको अधिवेशन : आठ पालिकामा टुङ्गियो नेतृत्व

आदर्श अनलाइन, बागलुङ
अहिले देशैभर साना ठूला पार्टीहरुको अधिवेशनहरु चलिरहेको छ । नेकपा एमालले वडा तथा नगर अधिवेशन सम्पन्न गरि १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ । नेपाली कांग्रेसले वडा, पालिका, क्षेत्र सम्पन्न गरि जिल्ला अधिवेशन सकाउने चटारोमा छ । माओवादी केन्द्रले बागलुङका आठ वटा स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ ।

बागलुङ नगरपालिका, ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, निसीखोला गाउँपालिका, काठेखोला गाउँपालिका, तमाखोल गाउँपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको माओवादी केन्द्र जिल्ला ज्ञामनाथ गैरे ‘अनिल’ले जानकारीले जानकारी दिनुभयो ।

बागलुङ नगरको अधिवेशनबाट इन्द्र केसी सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनु भएको छ । केसीको नेतृत्वमा ६५ सदस्यीय नगर समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रतन मलेपती, चित्र सुवेदी, महेन्द्र कुमार विक, सचिवमा राजु खड्का, कोषाध्यक्षमा धनमाया शर्मा र सह–सचिवमा जीवन शर्मा रहनुभएको छ ।

ढोरपाटन नगरकमिटिको अध्यक्षमा भीम गौतम, उपाध्यक्षमा सुमित घर्ती मगर, लेखत बहादुर कार्की, हिक्मत भण्डारी, सचिवमा वीर बहादुर घर्ती मगर चन हुनु भएको छ । काठेखोला गाउँकमिटिको अध्यक्षमा कृष्ण थापा र बडिगाड गाउँकमिटिको अध्यक्षमा मिलन रेश्मी र सचिवमा विरेन्द्र बुढा चयन भएको माओवादी केन्द्रले जनाएको छ ।

त्यसैगरी निसीखोला गाउँपालिका अध्यक्षमा कुविर विक, उपाध्यक्ष कमला पुन मगर, रेशम पुन, टीका बहादुर चन्द, सचिवमा कुशल बुढा मगर, सह–सचिव गंगा घर्ती र कोषाध्यक्ष तुल्सी रेग्मी चयन भएका छन् ।

नेकपा माओवादी केन्द्र ताराखोला गाउँपालिकाको अध्यक्षमा दिवस खत्रीको चयन हुनु भएको छ ।
समितिको उपाध्यक्षमा खडक बहादुर विक, दिल कुमारी पुन र याम बहादुर श्रीस, सचिवमा फुलमाया पुन, सह–सचिवमा जीवन बस्नेत र कोषाध्यक्षमा गौरीमाया गुरुङ चयन हुनु भएको बताइएको छ ।

त्यस्तै जैमिनीमा माओवादी केन्द्रको अधिवेशनबाट झमन पाण्डेको अध्यक्षतामा ६५ सदस्यीय जैमिनी नगर समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा देवेन्द्र पुन, सकस बहादुर क्षेत्री र टेक बहादुर रायमाझी, सचिवमा शोभा प्रसाद शर्मा, सह सचिवमा अरविन थापा र कोषाध्याक्षमा निर्मला केसी चयन हुनुभएको नेकपा माओवादी केन्द्रका जैमिनी नगर ईन्चार्ज लाल बहादुर परियारले जानकारी दिनुभयो ।

जिल्लाको नौ वटा पालिकामा एकै साथ अधिवेशन सुरु भए पनि बरेङ गाउँपालिकामा अझैसम्म सुरु भएको छैन । गलकोट नगरपालिकामा यो समाचार तयार पार्दासम्म नेतृत्व चयन भएको छैन । सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने गरि छलफल भइरहेको संयोजक गैरेले जानकारी दिनुभयो । उहाँले केही दिनमै बरेङ गाउँपालिकामा पनि नेतृत्व चयन गर्ने बताउनुभयो ।

माओवादीले जिल्लाका ८५ वटै वडामा सर्वसम्मपछि दशै वटा पालिकामा अधिवेशन मार्फत नयाँ नेतृत्व गर्न थालेको हो । स्थानीय तहपछि, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । प्रदेशको अधिवेशन २५ गतेलाई तोकिएको छ भने आगामी पौष ११ र १२ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुने बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *