मिसन साग : पोखरा रंगशालामा प्याराफिट जडान

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशको राजधानी सुन्दर नगरी पोखरामा १३ औँ दक्षिण एशियाली खेलकुद ९साग०को तयारी तिव्र छ ।

सागलाई लक्षित गरी निर्माणाधीन अवस्थामा रहेको पोखरा फुटबल स्टेडियमको एकातर्फको प्याराफिट जडान गरिएको छ ।

रंगशालाको पश्चिम भागमा करिब ५ हजार सिट क्षमताको प्यारापिटमा सिट जडान गरिएको निर्माण कम्पनीका ई।प्रोजेक्ट म्यानेजर दिपक बरालले बताउनुभयो । उहाँका अनुसार अब सागकै लागि पुर्वतर्फ अर्को प्यारापिट ५ हजार क्षमताको निर्माण हुनेछ । महिला फुटबल खेलका लागि करिब १० हजार सिट जडान गरीने लक्ष्य राखिएको छ ।

फ्रान्सबाट निर्माण सामान आयात गरिएको तीन दिनमै करिब ५ हजार सिट क्षमताको प्यारापिट निर्माण भएसँगै आगामी तीन दिनमा अर्को ५ हजार सिट क्षमताको प्यारापिट पनि निर्माण गरिनेछ । शनिबार नै रंगशालामा सिन्थेटिक ट्रयाकसमेत सम्पन्न गरिएको छ । ट्रयाक मार्कीङ गर्न बेलायतबाट अन्तर्राष्ट्रिय ९आइ।ए।एफ।० टोली आइतबार नै आइसकेको छ । चार दिन भित्रमा ट्याक मार्कीङ गरिनेछ ।

पोखरा फुटबल स्टेडियमलाई अब समयमै तयार पार्न कुनै समस्या नभएको कम्पनीका म्यानेजर हरिबाबु न्यौपानेले बताउनुभयो । भारतको कोलकाताबाट ल्याइएको दुबो पोखरा फुटबल मैदानमा रोपे पनि केही भागमा मर्न थाले पछि पुनः दुबो रोपिएको छ । एन्फाको प्राविधिक टोलीले मैदानको ७० प्रतिशत भाग हरियो दुबो हुँदा खेल्न मिल्ने सुझाव दिएको छ । पोखरा फुटबल स्टेडियममा साग अन्तर्गत महिला फुटबल खेलाइनेछ ।

पोखरा रंगशालामा नेपालको झण्डासँग मिल्ने गरी रातो र निलो रंगको जडित सिट गरिएको छ । महिला फुटबल प्रतियोगिता पोखरा रंगशाला फुटबल मैदानमा हुनेछ भने अभ्यास स्थलको लागि दोबिल्लामा रहेको सहारा एकेडेमीको खेलमैदान, हेम्जामा रहेको गौरीशंकर खेलमैदान, प्रहरी गण तालिम केन्द्र र पश्चिम पृतना विजयपुरको खेल मैदान तोकिएको छन् ।

महिला फुटबल मंसीर १७ गते देखि २४ गते सम्म हुनेछ । प्रतियोगितामा ४ राष्ट्रको सहभागिता रहेको छ । आयोजक नेपाल सहित भारत, माल्दिभ्स र श्रीलंकाले खेलमा सहभागिता जनाएका छन् भने बंगलादेश, भुटान र पाकिस्तानले भने सहभागिता जनाएका छैनन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *